दाङ, ७ पुस । दाङमा लागुऔषधमा संलग्न दुई जना व्यक्ति प्रक्राउ परेका छन् । दाङको लमही नगरपालिका ९ अमिलियाबाट एक सय ५० ग्राम ब्राउन सुुगरसहति दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी दाङले जनाएको छ ।
पक्राउ पर्नेमा बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदो बस्ने ४५ वर्षीया चन्द्रा राना र भारतको उत्तरप्रदेश जिल्लाका १८ वर्षीया समिर अंसारी रहेको प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङबाट सादा पोशाकमा खटिएको विशेष प्रहरी टोलीले लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो अवस्थामा रहेको १५० ग्राम ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीले अहिले सम्मकै धेरै ब्राउन सुगर बरामद भएको पनि दावी गरेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।