दाङ, ५ पुस । एमसीसी सम्झौता विरुद्ध भोलि देशब्यापी विरोध सभा हुने भएको छ ।एमसीसी सम्झौता कार्यान्वयन गर्ने षड्यन्त्रका विरुद्ध ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले संघर्षका थप कार्यक्रम सार्वजनिक गरि काठमाडौं लगायत देशभर मंगलबार विरोध सभा गर्ने भएका छन् ।
आइतबार एक संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेकपा, नेपाल कम्युनिस्ट पार्टी(मसाल),नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी),नेपाल कम्युनिस्ट पार्टी (माले), ऋषि कट्टेल नेतृत्वको नेकपा,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपाल र सिपि गजुरेल नेतृत्वको मोर्चा देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल र चित्रबहादुर केसि नेतृत्वको राष्ट्रिय जनमोर्चा नेपालले पुस ६ गते बोलाइएको संसद बैठकबाट जुनसुकै अवस्थाबाट पनि एमसिसी पारित गराइ लागु गर्ने दुस्साहसपुर्ण देउवा सरकारको हर्कतलाइ असफल पार्न पुस ६ गते देशव्यापी बिरोध प्रदर्शन र बिरोध सभा गर्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ।
बिज्ञप्तिको पुर्णपाठ:-
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।