घोराही,४ पुस । नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा सिस्ने अनलाइनका सम्पादक नरेद्र केसीकी ममतामयी आमाको १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल पत्रकार महासंघ दाङको आयोजनामा दाङ जिल्लाका क्रियाशिल पत्रकार संगठनहरुको संयुक्त रुपमा शनिबार तुलसीपुरमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
श्रद्धाञ्जली सभामा बोल्ने बक्ताहरुले मानिस जन्मेपछि मर्नुपर्ने प्रकृति नियम भएपनि आफन्त गुमाउँदा निकै पीडादायी हुने बताएका छन् । समाज रुपान्तरण र सबै कुरा मिलाउन सक्ने क्षमता भएको जिम्मेवारवोध भएकी एक कुशल, गृहणी र आदर्श महिला गुमाएकोप्रति दुःख व्यक्त गर्दै शोकलाई शक्तिमा बदलेर अगाडि बढ्नुपर्ने बोल्ने बक्ताहरुको भनाइ थियो ।
स्वर्गीय आमाको स्मृति सभामा एक मिनेट मौन धारण गर्नुका साथै मृतक आमाको फोटोमा टिका लगाएर श्रद्धाञ्जली अर्पन गरिएको थियो ।
नेपाल पत्रकार महासंघको अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता एलं नेपाल पत्रकार महासंघका केन्द्रय उपाध्यक्ष उदय जिएमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रेस चौधरी नेपालका जिल्ला सचिब प्रेमबहादुर राम्जा, जनपत्रकार संगठन नेपाल दाङका उपाध्यक्ष जंगबहादुर रेउले , प्रेस युनियन दाङका उपाध्यक्ष सन्तोष सुवेदी , प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष मानसिङ विश्वकर्मा , नेपाल पत्रकार महासंघ दाङ सल्लाहकार सुदिप गौतम , नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष केएल पीडित , नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यलगायतको आतिथ्यता रहेको थियो ।
प्रगतिशील पत्रकार दाङका अध्यक्ष महेश रिजालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रेस सेन्टर नेपाल दाङ जिल्ला अध्यक्ष पाण्डव शर्माले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।