घोराही,३ पुस । नेपाल पत्रकार महासंघ दाङ शाखाले डिजिटल वेबसाईट सार्वजनिक गरेको छ । महासंघले आफ्नो २९ औं दिवसको अबसर पारि तेस्रो दिन शनिबार घोराहीमा रहेको आफ्नै कार्यालयमा एक औपचारिक कार्यक्रम गरि वेबसाईट सार्वजनिक गरेको हो ।
अब नेपाल पत्रकार महासंघ दाङ शाखाको वेबसाईट www.fnjdang.org login गरि सबै सूचना, गतिविधि एवं जानकारीहरु सरल तथा सहज रुपमा हेर्न सकिनेछ । साथै वेबसाईटमा पत्रकारहरुको विवरण र जिल्लाभित्र संचालित मिडिया तथा संचार मध्यमहरु कति छन् भनेर पनि हेर्न सकिन्छ ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा कार्यक्रम गरि प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले वेबसाईटको उघाटन गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।