घोराही,१ पुस । दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यावसायीक सचेतना जारी राखेको छ । संघले व्यवसाय गर्दा आइ पर्ने समस्या, कर हिसाव किताव कसरी राख्ने, व्यवसायमा पर्न समस्या समाधानका लागि कसरी अगाडि बढने लगाएतका विषयमा जानकारी दिइने गरेको सचेतनामा सहभागि दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य माधव खनालले जानकारी दिनुभएको छ ।
व्यवसायीहरुलाई राज्यका सबै निकायमा दर्ता गरेर मात्र व्यवसाय गर्न समेत अनुरोध गरिने गरेको छ । यसले व्यवसायीहरुलाई सहजता हुने अपेक्षा संघको रहेको छ । यसरी पसल पसल सम्म पुगेर सिकाउदा उनीहरुलाई व्यवसाय गर्न समेत सहज हुने सदस्य खनाल बताउछन् । अहिले कोभिडको कारण व्यवसायीहरुलाई कोभिड सङक्रमण हुन बाट आफु पनि वचन र अरुलाई पनि बचाउन स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गरेर व्यवसाय गर्न समेत आग्रह गरिएको संघका सदस्य विकास वलीले बताउनुभयो ।
लकडाउन मात्र हटेको कोभिडको जोखिम कायम नै रहेकोले सचेतन बन्न समेत गराउने गरिएको छ । यस प्रकारको अभियानलाइ निरन्तरता दिइने समेत उनको भनाइ रहेको छ । बजारी क्षेत्रका साथै ग्रामिण स्तर सम्म सचेतना अभियान पु¥याउने संघले जनाएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।