रोल्पा। यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षीत गर्भपतन सेवा अबस्था बिषयक सार्बजनिक सुनुवाइ कार्यक्रम सोमबार रुन्टीगढी गाँउपालिका रोल्पाको होलेरीमा सम्पन्न भएको छ । प्रजनन स्वास्थ्य अधिकार महिलाको मानब अधिकार भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।
रुन्टीगढी गाँउपालिका अध्यक्ष बालाराम बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रममा रुन्टीगढी गाँउपालिका उपाध्यक्ष छमाया पुन मगर, निमित्त प्रमुख प्रशासकिय अधिकृत झगु केसी, इलाका प्रहरी कार्यलय होलेरीका प्रहरी निरक्षक जीवराज थापा, वडा न ५ का अध्यक्ष यम बहादुर दसौती, वडा न ७ का वडा अध्यक्ष जंग बहादुर घर्ती, नेपाली कांग्रेस रुन्टीगढीका गाउँपालिकाका सचिव नारायण लामिछाने, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश बुढा, महेन्द्र मावि होलेरीका प्रधानाध्यापक बिदान्त्त सुर्यबंसी, गाँपालीका भित्रका बिभिन्न स्वास्थ्य चौकिका प्रमुख प्रतिनिधिहरु, स्थानीय किशोर-किशोरी, महिला स्वास्थ्य स्वंयम सेबिका लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षीत गर्भपतन सेवा बिषयमा सरोकारवालाहरुसंग अन्तरक्रिया भएको थियो । अन्तरक्रिया कार्यक्रममा बाल-बिबाह र यसको कानुनी प्राबधानको बिषयमा समेत बहस भएको थियो ।
रुन्टीगढी गाँउपालिका रोल्पाको आयोजनामा सम्पन्न कार्यक्रमलाई पास नेपाल र आई पास नेपाल संस्थाको सहयोगमा सामुदायिक रेडियो मालश्रीले सहजीकरण गरेको थियो । कार्यक्रमको सहजिकरणका लागि रेडियो मालश्रीका पत्रकारहरु लोकेन्द्र चन्द, गणेश केसी र रेडियो होलेरीका मनोज पुनले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।