• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल (क्रान्तिकारी)रोल्पाद्वारा बाल कल्याण माविमा अनिश्चित तालाबन्दी




रोल्पा । नेत्र बिक्रम चन्द ‘विप्लव´ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)रोल्पाले बाल कल्याण नमुना माध्यामिक बिद्यालयमा तालाबन्दी गरेको छ । संगठनले रोल्पाको सदरमुकाममा रहेको उक्त बिद्यालयले शिक्षा नियमावली बिपरित कार्यगरेको भन्दै आइतबार ८ बुँदे बिज्ञप्ति जारीगर्दै तालाबन्दी गरेको हो ।

कक्षा १० का बिद्यार्थीहरुबाट भर्ना सुल्क २५ सय लिएको, अंग्रेजी र नेपाली माध्यामबाट पठनपाठन गराई शिक्षामा विभेद सृजना गरेको, एसएलसी उतिर्ण विद्यार्थीहरुको ६ सय तिरेर प्राप्त हुने लब्धाङक पत्रमा २७ सय ५० लिएको आरोपमा तालाबन्दी गरिएको छ ।

यसैगरी कक्षा १० का बिद्यार्थीहरुलाई अनिबार्य होस्टेल बस्न बाध्य बनाई ५ हजार लिएको, कोचिङ कलासको नाममा महँगो फिस उठाएको लगायतका आरोप सहित बिद्यालयमा तालाबन्दी गरेको अखिल (क्रान्तिकारी) रोल्पाका जिल्ला अध्यक्ष हरिबहादुर वलीद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएक छ ।

बिद्यालयका समस्याहरुलाई लिएर सम्बन्धित पक्षलाई पटक–पटक सच्याउन ध्यानाकर्षण गराउदा पनि मुखदर्शक भएको भन्दै अनिश्चितकालका लागि तालाबन्दी गरेको अध्यक्ष ओलीले जानकारी दिए ।

 

 

Facebook Comments