घोराही,२९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी दाङले भोलिको नेपाल बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विरुद्ध पार्टीले केन्द्रीय कार्यक्रम अनुसार सोमबार दाङको मुख्य शहर घोराहीमा मसाल जुलुस गरेको हो ।
कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी दाङका कार्यालय सदस्य निर्मल केसीले यो भ्रष्ट दलाल सरकाले जनतामाथी गरेका गलत हर्कत विरुद्ध पार्टीले निरन्तर संघर्षका कार्यक्रमहरु गर्दै आइरहेको बताए । जनताको ढाडसेक्ने गरि सरकारले बढाएको महंगी र पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता तथा खारेजी गरेन भने थप संघर्षका कार्यक्रमहरु लिएर अगाडि बढ्ने उनले प्रष्ट पारे । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विरुद्ध भोलि हुने नेपाल बन्द सफल पार्न सहयोग गरिदिन पनि सम्पूर्ण जनता उद्योगी, ब्यापारी, ब्यबसायीहरु लगायतलाई उनले अनुरोध गरे ।
नेपाल बन्दको पूर्वसन्ध्यामा जिल्लाका मुख्य शहरहरु घोराही,लमही,तुलसीपुर,भालुबाङ,गढवा,राजपुर,दंगिशर,शान्तिनगर,बबई गाउपालिकाको हापुरे लगाएतका ठाउँहरुमा सीठ्ठी जुलुस र मसाल जुलुस निकालिएको नेकपा दाङले जनाएको छ ।
त्यसैगरी पार्टीले राजपुर गाउँपालिकामा पर्ने बेलामा शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेतापनि सानदार ढंगले कार्यक्रम सम्पन्न भएको र पार्टीको शान्तिपूर्ण कार्यक्रममा प्रहरी प्रशासनले हस्तक्षेप गर्नु निन्दनीय भएको पार्टी कार्यालयले जनाएको हो ।
कोणसभाको सहजीकरण अखिल (क्रान्तिकारी )का केन्द्रीय सदस्य तथा दाङका अध्यक्ष अम्बर खड्काले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।