• ७ माघ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्र लुम्बिनीको प्रदेश सम्मेलन स्थायी राजधानी भालुबाङमा




नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको प्रदेश सम्मेलन मंसिर २५ गते भालुबाङमा हुने भएको छ ।

प्रदेश सचिवालयको बैठकले सो निर्णय गरेको केन्द्रीय सदस्य निर्मल आचार्यले जानकारी दिनुभयो । पहिलो सम्मेलन प्रदेशको स्थायी राजधानीमै तय गरिएको उहाँले जानकारी दिनुभयो ।
सम्मेलनको उद्घाटन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

सम्मेलनमा प्रदेशभरिका चार सय प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् ।

यसअघि प्रदेशमा केन्द्रले तोकेका पदाधिकारी रहेको भए पनि नयाँ विधानअनुसार अब सम्मेलनबाट पदाधिकारी छानिने छन् । एक व्यक्ति एक पदअनुसार अब प्रदेशमा रहेका व्यक्ति केन्द्र वा पालिकामा रहन पाउने छैनन् ।

पार्टी प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’को अध्यक्षता र प्रदेश इञ्चार्ज चक्रपाणि खनाल ‘बलदेव’को प्रमुख आतिथ्यमा बैठक बसेको थियो ।

बैठकले प्रदेशभरि पार्टी सदस्यता नवीकरण उत्साहजनकरुपमा भइरहेको निष्कर्ष निकालेको केन्द्रीय सदस्य आचार्यले जानकारी दिनुभयो ।

Facebook Comments