• १४ माघ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
भिएन स्कूलमा मन्टेश्वरी तहको अभिभावक भेला सम्पन्न




घोराही, २९ कार्तिक । भिएन स्कूलमा मन्टेश्वरी तहको अभिभावक भेला सम्पन्न भएको छ । दाङको घोराही उपमहानगरपालिका डिके पेट्रोलनेर रहेको भिएन स्कूलले सोमबार एक कार्यक्रमकाबीच मन्टेश्वरी तहको अभिभावक भेला सम्पन्न गरेको हो ।
भेलामा मन्तव्य राख्दै मन्टेश्वरी संयोजक शोभा महरा मंसिर १ गतेदेखि बच्चाका लागि विद्यालयमा खानाको ब्यबस्था गरिने तथा उक्त खाना बार र समय अनुसार खुवाइने बताइन् । अहिलेसम्म बच्चाहरुमा नास्ताको रुपमा चाउचाउ र बिस्कुटको बढी प्रयोग भएको र यसले बच्चालाई दीर्घकालीन असर गर्ने भएकाले स्कूलमै नास्ताको ब्यबस्था गर्न लागिएको उनले प्रष्ट पारिन् ।


कार्यक्रममा बोल्दै विद्यालयका प्राध्यानाध्यापक रामजनम चौधरीले बालिबालिकालाई जंक फुड खुवाउदा के कस्ता असार पर्छ भन्ने कुरालाई प्रोजेक्टको माध्यमबाट देखाए । जंक फुटमा भिटामिन र प्रोटिनको मात्र एकदमै कम हुने
जंक फुट खाने बच्चामा मोटोपन देखिने, स्मरण शक्ति कम हुने, खाना खान मन नलाग्ने लगाएतका थुप्रै असरहरु पर्ने उनले बताए । मन्टेश्वरी तहका बच्चाका शारीरिक स्वास्थ्यका लागि हप्ताको छ दिनमा फरक-फरक खाना तथा नास्ता खुवाउने र त्यसका लागि एक महिनामा एक हजार एक सय रुपैयाँ शुल्क निर्धारण गरिएको समेत उनले प्रष्ट पारे ।
विशिष्ट अतिथि समेत रहेका पबित्रा सुनारले स्कुलमा बच्चालाई खाजा तथा नास्ता खुवाउने कुरा राम्रो भएको बताइन् । जंक फुटलाई कम गर्न सकिन्छ तर यसलाई हटाउन नसकिने सकिने समेत उनको भनाइ छ ।
भेलामा बिद्यालयका निर्देशक द्रोण खड्काले विद्यालयको संचालन भएको छोटो समय भएकाले सोचेजती कामहरू अगाडि बढाउन नसकिएको भएतापनि अबदेखि सबै कार्यलाई योजनाबद्द तरिकाले सम्पन्न गरिने बताए । अबको १० वर्षभित्रसम्म दाङमै टप विद्यालय बनाउने उदेश्यमा हाम्रो सिंगो टिम लागि परेको समेत उनले प्रष्ट पारे । स्वच्छ र स्वस्थ खाना तथा नास्ता खुलाउनका लागि विद्यालयले बार र समय तोकेको हुनाले त्यसले बच्चाको स्वास्थ्यलाई फाइदा पुग्ने पनि उनको भनाइ छ ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका योग गुरु रबिन्द्र बस्नेतले बच्चालाई कुन समय र के कस्ता खाना तथा नास्ता खुवाउने भन्ने बारेमा सबै अभिभावकले बुझ्नुपर्ने बताए ।

बच्चालाई आबश्य पर्ने सम्पुर्ण नास्ता शुद्ध , स्वस्थ र ताजा खुवाउने स्कुलले ब्यबस्था गरिने र त्यसका लागि एक हप्तामा छ दिनभरि फरकफरक खाना खुवाउने उनले आफ्नो धारणा राखे ।

विद्यालयका प्राध्यानाध्यापक रामजनम चौधरीको अध्यक्षता एवं योग गुरु रबिन्द्र बस्नेतको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो ।
स्कूलको शिक्षिका सबिता चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको  सहजीकरण विद्यालयका भाइस प्रीन्सीपल सारदा बहकरी खड्काले गरेकी थिइन् ।

Facebook Comments