अखिल नेपाल सुकुम्बासी संघ दाङको अध्यक्षमा रिमबहादुर नेपाली चयन हुनुभएको छ ।
संघको जिल्ला भेलाले नेपालीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
जिल्ला अध्यक्ष देवीराम सुनारको अध्यक्षतामा र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नारायणी शर्मा ‘प्रतिक्षा’को प्रमुख आतिथ्यमा भेला भएको हो ।
जसको उपाध्यक्षमा लक्ष्मण केसी र भगवता चौधरी, सचिव देव गुरुङ, सहसचिव कर्णबहादुर पुन, कोषाध्यक्ष झुमा गुरुङ र सदस्य सचिव निमबहादुर बिक रहनुभएको छ ।
भेलालाई माओवादी केन्द्र दाङका संयोजक तुलसीराम पुन, संघका प्रदेश संयोजक लालबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य भरत तिवारीलगायतले बोल्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।