दाङको शान्तिनगरमा भैलोबाट संकलित रकम अशक्तहरुको उपचारका लागि हस्तान्तरण गरिएको छ ।
वडा नम्बर ३ भलानेटी निबासी मृगौलापीडित देबबहादुर दर्लामी, सोही ठाउँ निबासी रुखबाट लडेर शरीरको आधा भाग नचल्ने भकबहादुर खत्री र मृगौलापीडित शान्तिनगर गाउँपालिका वडा नम्बर २ कालिदमारका २७ बर्षे हरिकुमारी बिकको सहयोगाथै खेलीएको भैलो कार्यक्रम बाट सङकलन भएको जम्मा रकम ७५ बाट सहयोग गरिएको हो । प्रतिब्यक्ति रु २० हजारको दरले रु ६० हजार सहयोग हस्तान्तरण गरिएको युवा नेता राधिका परियारले जानकारी दिनुभयो ।
साथै उहााले सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । भैलोको अगुवाई राधिका परिया , खमबहादुर बुढा , रिमा केसी, सुन्दर बुढा, धनबहादुर घर्ती, शर्मिला घर्ति, हुकुमी बाँठा, बलबहादुर बिक, टीका लामा, सिता बिक, प्रकाश घर्ति, शान्ति परियार, बुनु परियार, तेज वीर बिक, रमित बिक, हिमाल बिक, पूर्णबहादुरलगायतले गर्नुभएको थियो ।
कार्यक्रममा कलाकारहरु प्रशान्त परियार, गिता पुन, उषा परियार, तुलसी बिक, यशोदा घर्ति, मुस्कान परियार, निरज बिक, मेनका ज्ञवाली, पुष्पा डाँगी, मनिषा देबकोटा, दिया बिक, रितु पुन, सन्ध्या बाँठालगायतको सहभागिता रहेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।