• ७ माघ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तिहार सकिएलगत्तै देश रुवाउने सल्यान दुर्घटनाः मृतकको संख्या १२ पुग्यो




सल्यान जिल्लाबाट दाङको तुलसीपुरतिर आउँदैगरेको एउटा यात्रुवाहक बस सडकबाट तल खस्दा कम्तीमा १२ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ।

सो बसमा झन्डै ३० जना यात्रु सवार रहेका थिए । गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरबाट नेपालगन्ज पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईँ खतिवडाले बताउनुभयो ।
उहाँका अनुसार थप चार जनाको पनि हवाई उद्धार गर्न लागिएको छ। गम्भीर घाइतेमध्ये धेरै जनालाई मेरुदण्डमा चोट पुगेको छ ।

अरू घाइतेलाई एम्बुलेन्सबाट जिल्ला अस्पताल वा नेपालगन्जको कोहलपुरस्थित अस्पतालतिर पठाइएको छ । दुर्घटनास्थल जिल्ला सदरमुकाम खलङ्गाबाट झन्डै ३५ किलोमिटर दक्षिणपूर्वमा छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा तीव्र गतिमा गुडेको बसले अर्को सवारीसाधनलाई उछिन्न खोज्दा दुर्घटना भएको हो । भर्खरै विस्तार गरिएको सडकबाट बस झन्डै २०० मिटर तल खसेको थियो।
मृतकमध्ये नौ जनाको सनाखत, अधिकांश महिला

दुर्घटनामा मृत्यु हुने १२ जनामध्ये ९ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा दाङको बबई गाउँपालिका–६ कि ६० वर्षकी दैली चलाउने, बबई गाउँपालिका–५ कि ६५ वर्षकी कलादेवी बुढाथोकी, सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का तिलक वली, सल्यानकै शारदानगर नगरपालिका–२ कि प्रभा चलाउने, सोही ठाउँकी ६५ वर्षकी मीना डाँगी, शारदा नगरपालिका–३ कि ३६ वर्षकी लीला बुढाथोकी रहेका छन् ।

त्यस्तै सोही दुर्घटनामा परी रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ कि मीना शाही, दाङको शान्तिनगर गाउँपालिकाकी सावित्रा केसी र घोराही उपमहानगरपालिका–१० कि ३६ वर्षकी रुपा केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

सल्यानका प्रहरी प्रमुख डीएसपी गोविन्द थापाका अनुसार घटनास्थलमा ६ जनाको र अस्पतालमा ६ जनाको गरी १२ जनाको मृत्यु भएको हो ।

सल्यान सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना १ ख १५५२ नम्बरको बस आइतबार विहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको थियो । दुर्घटनामा कम्तीमा १८ जना घाइते भएका प्रहरीले बताएको छ ।

Facebook Comments