घोराही, १० कार्तिक । रोल्पाको रुन्टीगढीमा नेकपा एमाले र माओवादी केन्द्रको पार्टी परित्याग दुई दर्जन बढी कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश छन् । बुधबार रुन्टीगढी गाउँपालिका ६ खारामा एक कार्यक्रमका बीच उनीहरू नेकामा प्रवेश गरेका हुन् ।
विकास र समृद्धि एमाले र माओवादी पार्टीबाट पूराहुन नसकेको र नहुने तथा पुरानो चिहानको हैन नयाँ बिहानीको पछि लाग्छौ भन्ने सोचकासाथ नेपाल कमयुनिष्ट एमाले र माओवादी पार्टी परित्याग गरि रुन्टीगढी गाउँपालिका ६ खारा निबासी मोहन गिरीको नेतृत्वमा दुई दर्जन कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेको नेका रुन्टीगढीका सभापति जनक पुनले जानकारी दिए । जसमा खुम बहादुर घर्ती,मिलन घर्ती,गुमानसिङ घर्ती ,शरण घर्ती ,शन्त कुमार थापा,केशर घर्ती मगर,नारायण घर्ती,दल बहादुर घर्ती ,हिरालाल घर्ती,धनराज सार्की, रेग बहादुर घर्ती ,धन बहादुर घर्ती,ओमलाल घर्ती ,दलसिङ घर्ती ,काशीराम थापा ,प्रेम बहादुर के सि, गिरिलाल पुन,लोक बहादुर थापा हिरालल घर्ती , रहेका छन् भने नवप्रबेशीहरुलाई नेपाली कांग्रेस रुन्टीगढी गाउपालिकाले हार्दिक स्वागत गरिएको सभापति पुनले बताए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।