• ६ आश्विन २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रचण्ड अस्पतालमा




नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ लाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल जानुभएको छ ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’का अनुुसार बिहान ११ बजेतिर अध्यक्ष प्रचण्डको टोली नर्भिक अस्पताल पुगेर वैद्यको स्वास्थ्य अवस्थाको जानकारी लिएको हो।

‘उहाँको स्वास्थ्य अवस्था सुधार हुँदै रहेछ’, प्रेस सल्लाहकार सापकोटाले भन्नुभयो– ‘अध्यक्ष प्रचण्डले भेटेर स्वास्थ्य लाभको कामना गर्नुभयो।’ ​

लामो समयदेखि दमबाट पीडित वैद्य स्वास्थ्यमा समस्या भएपछि आइतबार अस्पताल भर्ना हुनुभएको हो । उहाँको छातिको एक्सरे गरिएको र सामान्य दाग देखिएको चिकित्सकले बताएका छन्।

Facebook Comments