राप्ती क्षेत्रका स्थापित कलाकार नारायण बुढा (स्वयंवर हाङ)को ४३ बर्षको अल्पायुमा निधन भएको छ ।
रोल्पाको थबाङ बोबाङ घर भएका हाङको रुकुमपूर्व तकसेरा पुगेको बेला निधन भएको हो ।
हाङ पेन्टिङ र कलाकारिताको क्षेत्रमा स्थापित हुनुहुन्थ्यो । उहाँले काठमाडौंको बुढानिलकण्ठ पढेपछि पेन्टिङ सिक्नुभएको थियो । राप्ती क्षेत्रबाट प्रकाशित अधिकांश पुस्तकका आवरण उहाँले बनाउनुभएको छ । त्यस्तै उहाँले विवेक सृजनशील प्रकाशसनका एक सय बढी कृतिमा आवरण डिजाइन गर्नुभएको छ । उहाँ झण्डै एक बर्ष काठमाडौंमै बसेर डिजाइनिङमा क्रियाशील रहनुभएको थियो ।
उहाँले कलाकारितासँग सम्बन्धित थुप्रै प्रतियोगिता जितेर पनि इतिहास बनाइसक्नुभएको छ । हाङले लुम्बिनी दैनिकमा लामो समय काटुनिष्टको काम गर्नुभएको थियो भने धाराबाहिक कार्टुन कथा ‘जुंगे हवल्दार’मा पनि कार्टुनिष्टको काम गर्नुभएको थियो ।
थुप्रै वृत्तचित्रमा निर्देशन गरिसकेका हाङले चलचित्र लोम्बामा मुख्य भूमिकामा रहेर अभिनय गर्नुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।