राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले प्राकृतिक श्रोत साधन तथा नदि जन्य पदार्थ को अनियंत्रित उत्खननका विरुद्धमा राजपुर गाउपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ ।
जिल्ला अध्यक्ष गणेश आचार्य ले ध्यानाकर्षण पत्र बाचन गरि गाउपालिका अध्यक्ष लोकराज के सि लाई हस्तान्तरण गर्नु भएको थियोे ।
ध्यानाकर्षण पत्रमा प्राकृतिक श्रोत साधन तथा नदिजन्य पदार्थको अनियन्त्रित उत्खनन् तथा बाहिर निकासि तत्काल रोकिनु पर्ने तथा स्थानीय उपभोक्ता ले सहजरुपमा उपभोग्य बस्तु पाउनु पर्ने कुरामा ध्यानाकर्षण गरिएको छ ।
उक्त पत्र बुझ्दै गाउपालिका अध्यक्ष ले हामिले अनियंत्रित उत्खनन रोक्ने किसिस गरेको र विधि प्रक्रिया पूरा गरेर टेन्डर प्रक्रिया बाट उत्खनन गर्ने गरेको कुरा बताउनु भयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।