• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रेस सेन्टरको पालिकास्तरमा समिति बन्न शुरु, पहिलो समिति रुकुमको चौरजहारीमा




प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले पालिका स्तरमा पनि संगठन विस्तार सुरु गरेको छ । केन्द्रीय कमिटिको सर्कुलर अनुसार संगठनले जिल्लाका स्थानीय पालिकाहरुमा पनि संगठन विस्तारको काम सुरु गरेको हो । जसअन्तरगत आज चौरजहारी नगरपालिकामा प्रेस सेन्टर नेपालको पहिलो नगर भेला सम्पन्न भएको छ ।

पालिकामा रहेका पत्रकारहरुको भेलाले तिलक ओलीको अध्यक्षतामा ११ सदस्यीय पालिका कमिटि गठन गरेको छ ।

कमिटिको उपाध्यक्षमा तृषा डाँगी, सचिवमा राजेन्द्र बिक, र कोषाध्यक्षमा सुनिल थापा चयन हुनुभएको छ । भेलाले नगरको नयाँ नेतृत्व चयन गर्नुका साथै कार्तिक १३ गतेका लागि तोकिएको जिल्ला सम्मेलनलाई सफल पार्ने निर्णय गरेको छ । प्रेस सेन्टर नेपालले पहिलो पटक पालिकाहरुमा पनि संगठन विस्तार थालेको हो । जिल्लाका सबै पालिकामा संगठनको पालिका कमिटि निर्माण गरिने प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले जनाएको छ ।

भेलामा माओवादी केन्द्रका नगर इञ्चार्ज पुष्प वादी, नगर कमिटी अध्यक्ष श्रीकृष्ण शर्मा, प्रदेश कमिटी सदस्य विशाल शर्मा, प्रेस सेन्टर नेपालका कर्णाली प्रदेश इञ्चार्ज धुब्रविक्रम बुढाथोकी, केन्द्रिय सदस्य कोपिला बिएम लगायत नेता तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

Facebook Comments