• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुगु दुर्घटनाप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त, आवागमन सुरक्षित बनाउन निर्देशन




मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका वडा नंं. ७, पिनाझ्यारीखोलामा आज दिउसो भएको बस दुर्घटनका कारण भएको ठुलो मानवीय क्षतिप्रति कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीज्यूले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

उहाँको तर्फबाट प्रमुख स्वकीय सचिवले शोक वक्तव्य जारी गरी यस्तो जानकारी गराउनुभएकोहो ।


शोक वक्तव्य

मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका वडा नंं. ७, पिनाझ्यारीखोलामा आज दिउसो भएको बस दुर्घटनका कारण भएको ठुलो मानवीय क्षतिप्रति कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीज्यूले गहिरो दुःख व्यक्त गर्नुभएको छ । सुर्खेतबाट मुगुतर्फ जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस दुर्घटना हुँदा घटनास्थल, उद्धार र उपचारका क्रममा समेत गरी अहिलेसम्म ३२ जनाको दुखद निधन भएको र १४ जना घाइते भएको घटनाले माननीय मुख्यमन्त्रीज्यू निकै स्तब्ध हुनुहुन्छ ।

उक्त दुर्घटनाका कारण निधन हुनुभएका सबैप्रति माननीय मुख्यमन्त्रीज्यूले भावपूर्ण श्रद्धाञ्जली एवं शोकमा रहनुभएका परिवारजनप्रति धैर्य गर्न आग्रह गर्दै गहिरो समवेदना व्यक्त गर्नुभएको छ । बडा दशैं तथा तिहार जस्ता ठुला चाडपर्वहरुको मुखैमा भएको कहालिलाग्दो दुर्घटनाबाट सम्बन्धित घरपरिवारमा पर्नगएको असैह्य पिडाप्रति माननीय मुख्यमन्त्रीज्यूले गहिरो सहानुभूतिसहित घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

माननीय मुख्यमन्त्रीज्यूले चाडपर्वको वेला सवारीसाधनमा हुने भीडभाड नियन्त्रण गर्ने, सवारी साधनको यान्त्रिक अवस्था दुरुस्त राख्ने तथा ट्राफिक नियमको पालनालाई कडाई गर्ने लगायतका कार्य गरी दुर्घटना न्युनीकरणको व्यवस्था मिलाउन प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय एवं सरोकारवाला निकायलाई निर्देशन गर्नुभएको छ ।

दुर्घटनाको सूचना पाउने बित्तिकै उद्धार तथा प्रारम्भिक उपचारमा खटिने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि एवं सूचना सम्प्रेषण गर्ने सञ्चारकर्मीहरुलाई माननीय मुख्यमन्त्रीज्यूले धन्यवाद व्यक्त गर्नुभएको छ ।

२०७८ असोज २६ गते

आज्ञाले,
………………….
कृष्णप्रसाद आचार्य
माननीय मुख्यमन्त्रीज्युको प्रमुख स्वकीय सचिव
कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर, सुर्खेत

Facebook Comments