• १० श्रावण २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विप्लव नेकपाले रुकुमपश्चिममा मनायो कामी बुढास्मृति दिवस




सहिद कामी बुढाको ६८औं स्मृति दिवस नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रुकुम(पश्चिम)को आयोजनामा उनको जन्मस्थल मुसिकोट नगरपालिका वडा नं १० खर्सुपानीमा बनाइएको उनको शालीकमा अविरआवरण , माल्यरोपण र पुष्पगुच्क्षा अर्पण गरेर मनाइएको छ।

खर्सुपानीमा १९७८ सालमा बाबु खिन्तु बुढा र आमा मंगली बुढाको कोखबाट जन्मिएका कामी बुढा भारतीय सैनिक समेत भएका थिए।उनी सैनिक भएको तत्कालीन परिवेशमा विभाजनको चपेटामा परेको भारतमा हिन्दू-मुस्लिमको धार्मिक हिंसा, पाकिस्तानसँगको लडाईं, भारतीय माओवादीको विद्रोह लगायतका घटनाक्रमलाई नजिकबाट नियाल्ने मौका पाएका उनी अन्ततः भारतीय सेनाको जागिर छाडेर नेपाल फर्किए ।

नेपालमा कम्युनिष्ट पार्टी भूमिगत भएकाले किसानहरुको आन्दोलन गर्ने भन्दै कामी बुढालाई तत्कालीन प्युठान, सल्यान, दैलेख, जुम्ला र हुम्ला जिल्लाको जिम्मेवारी दिएर पश्चिम नेपालमा कार्यक्षेत्र तोकिएको बेला कार्यक्षेत्रमै आफ्ना गतिविधि गरिरहेको बखत जुम्लामा पक्राउ गरि २०१० साल असोजको फुलपातीको दिनमा जुम्लामा तत्कालीन निरंकुश र तानाशाही सत्ताले कामी बुढाको हत्या गरेको थियो।

त्यही हत्या गरेको दिनलाई स्मरण गर्दै सहिद कामी बुढाको स्मृति दिवस मनाइएको हो । यसअघि कामी बुढा अध्ययन केन्द्रको आयोजनामा ६१ औं स्मृति दिवस मनाए पनि त्यसयता भने नियमित मनाउन छाडिएको थियो ।

आगामी दिनमा प्रत्येक बर्ष फुलपातीमा भव्य रूपमा सहिद कामी बुढाको स्मृति दिवस मनाउने नेपाल कम्युनिस्ट पार्टीले निर्णय गरेको छ।६८औं सहिद कामी बुढा स्मृति दिवस कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी स्कुलिङ विभागका केन्द्रिय सदस्य गतिको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अध्यक्षता सहिद कामी बुढाकी सहोदर नातिनी हरिकला बुढाको रहेको थियो भने संचालन अखिल(क्रान्तिकारी) केन्द्रिय सदस्य तथा नेकपा रुकुम(पश्चिम)का कार्यालय सचीव प्रेम प्रशान्त बोहराले गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा नेकपा रुकुम (पश्चिम)का सचिवालय सदस्य मोतीराम खड्का, मालिका मावि चुनका प्रधानाध्यापक खडकसिंह कठायत लगायतको उपस्थित रहेको थियो। स्मृति कार्यक्रममा बोल्दै प्रमुख अतिथि गतिले कामी बुढाको योगदानको चर्चा गर्दै कामी बुढाले देखाएको सपना पुरा गर्न तर्फ सबै लाग्नुपर्ने र अहिलेको परिवेशमा कामी बुढ लगायत हजारौं महान सहिदले देखाएको बाटो र सपना पूरा गर्ने मार्गमा विप्लव नेतृत्वको नेकपा मात्रै भएको समेत बताउनुभयो ।

Facebook Comments