घोराही । रुन्टीगढीमा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । रोल्पाको रुन्टीगढी गाउँपालिका ७ बलबाङका एक दर्जन कार्यकर्ताहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरि आइतबार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
अबको कांग्रेस प्रगतिशील , सामाजिक रुपान्तरण र विकसित समाज निर्माणका लागि रुन्टीगढीमा कांग्रेस भन्ने सोचका साथ रुन्टीगढी गाउपालिका ७ बलबाङमा मिलन रोका र तिर्थ दशौदीको नेतृत्वमा नेकपा एमाले र नेकपा माओबादी केन्द्र परित्याग गरि एक दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको नेका रुन्टीगढी गाउँपालिकाका सभापति जनक पुनले जानकारी दिए ।
जसमा प्रवेश गर्ने हरुमा मिलन रोका ,केशलाल बुढा ,तृथराज दशौदी , श्यामराज नेपाली ,कमल नेपाली,शुरेस नेपाली,लक्ष्मण नेपाली,भरत रोका , जनक रोका लगायत रहेका छन् ।
नबप्रबेशीहरुलाई पार्टीमा उच्च सम्मान र मूल्यांकन गर्ने अठोटका नेपाली कांग्रेस रुन्टीगढीले विशेष स्वागत गरेको समेत सभापति पुनले बताए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।