नेकपा एमालेको विधान महाधिवेशन सकिएको छ ।
जसअनुसार पार्टी पदाधिकारी १५ र स्थायी कमिटी ४५ जना रहने ब्यवस्था गरिएको छ ।
समूहगत छलफल पछि आएको सुझावहरूको आधारमा संरचना थपघट गरिएको हो ।
उपमहासचिव बिष्णु पौडेलका अनुसार अब अध्यक्ष १, वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष रहनेछन् । यसअघि उपाध्यक्षको संख्या तीन प्रस्ताव गरिएको थियो । नेताहरू संख्या बढाउनुपर्ने भन्दै सातजना उपाध्यक्षको माग गरेका थिए ।
तर, संगठन विभाग प्रमुख पौडेलले अब वरिष्ठ उपाध्यक्षसहित ५ जना उपाध्यक्ष रहने बताउनुभयो ।
त्यस्तै, महासचिव १ जना हुने पुरानो व्यवस्था कायमै छ । पौडेलले यसअघि उपमहासचिव खारेज गर्ने प्रस्ताव ल्याएका थिए । अब उपमहासचिव १ जना कामय गरिने भएको छ । सचिव सात जना राखिने भएको छ । यसअघि सचिवको संख्या ६ प्रस्ताव गरिएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।