• ७ माघ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रेस संगठनको नाम पुनः प्रेस सेन्टर, महाधिवेशन कार्तिकको अन्तिममा




नेकपा माओवादी केन्द्रप्रति आस्था राख्ने पत्रकारहरुको संगठनले नाम परिवर्तन गरेर पुरानै नाम यथावत गरेको छ ।

तत्कालीन एमाले र माओावादी एकता भएपछि प्रेस चौतारी र प्रेस सेन्टर नेपाल मिलेर प्रेस संगठन बनेको थियो । पार्टी विभाजन भएपछि एमालेनिकट पत्रकार संगठनको नाम प्रेस चौतारी भए पनि माओवादी पत्रकारहरुको संगठनको नाम प्रेस संगठन नै रहेको थियो ।

तर, शनिवार बसेको केन्द्रीय समितिको पूर्ण बैठकले अन्तिम विधान पारित गर्दै संगठनको नाम पुनः प्रेस सेन्टर राख्ने निर्णय गरेको छ ।

बैठकले आगामी कार्तिक अन्तिममा महाधिवेशन गर्ने प्रस्ताव गर्दै त्यसका लागि असोज मसान्तसम्म सदस्यता वितरण तथा नवीकरण, कार्तिक ८ गतेसम्म जिल्ला समन्वय समितिको अधिवेशन र कार्तिक १८ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी मिति तोकेको छ । यो निर्णयसँगै केन्द्रीय समिति महाधिवेशन आयोजक समिति तथा सबै समिति अधिवेशन आयोजक समितिमा परिणत भएको संयोजक महेश्वर दाहालले जानकारी दिनुभयो ।

बैठकमा महाधिवेशनबाट पारित गर्ने गरी संगठनको बिधान प्रस्ताव गरिएको छ । बिधानमा संघ, प्रदेश र स्थानीय पालिकाका शाखाहरुलाई बलियो बनाउने प्रस्ताव छ । पालिका समिति नबन्दासम्म जिल्ला समन्वय समिति नै कामकाजी हुनेछ ।

दाहालको अध्यक्षतामा भएको बैठकलाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं प्रवक्ता कृष्णबहादुर महराले अब पार्टी पुनः जनतातर्फ फर्कनुपर्ने बताउनुभयो । उहाँले बर्जुवाको घेरामा बसेर क्रान्ति सम्पन्न नहुने भएकाले अब समाजवादी क्रान्तिका लागि सबै पार्टी कमिटी जनतामा फर्कनुपर्ने बताउनुभयो ।

Facebook Comments