मनोज पुन, होलेरी । रोल्पामा चाडपर्व नजिकिदै गर्दा बजार अनुगमन गरिएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिककको होलेरीमा सोमवार बजार अनुगमन गरिएको हो।
बजार अनुगमनमा अनुगमन समितिका संयोजक एवं रुन्टीढी गाउँपालिकाका उपाध्यक्ष छमाया पुन, इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी नायव निरिक्षक नारायण जिसी,उद्योग बाणिज्य संघ रोल्पाका गोविन्द पुन, बजार ब्यवस्थापन समिति होलेरीका भुपाल बस्नेत,रुन्टीगढी गाउँपालिकाका रुपेश अधिकारी ,श्यामणि विक,दिपक पराजुली, बिशाल बोहोरा अम्वीका पौडेल,दिपेन्द्र घर्ती, संचारकर्मी ,नगर प्रहरी लगायतको टोलीले बजार अनुगमन गरेको हो ।
अनुगमनको क्रममा पसल दर्ता तथा नविकरण, मूल्यसुचीको प्रयोग सम्बन्धिको अनुगमन लगायत म्याद गुज्रएिको सामानहरु जफत गरी नष्ट गरिएको बताइएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।