नेकपा एमालेबाट बिभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीको दाङ जिल्ला अध्यक्षमा सुरामणि बेलबासे चयन हुनुभएको छ ।
शुक्रवार सम्पन्न लुम्बिनी प्रदेश समितिको बैठकले उहाँलाई अध्यक्ष मनोनयन गरेको हो ।
यसअघि बेलबासे एमाले दाङको उपसचिव हुनुहुन्थ्यो । संगठनमा निकै मेहनती र स्थापित बेलबासे बौद्धिक नेताको रुपमा चिनिनुहुन्छ । उहाँ बिद्यावारिधि उपाधिको अन्तिम तयारीमा हुनुहुन्छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।