नेकपा एमालेबाट बिभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा मेटमणि चौधरीको नाम सिफारिस गरिएको छ ।
शुक्रवार सम्पन्न लुम्बिनी प्रदेश समितिको बैठकले उहाँलाई अध्यक्ष मनोनयन गर्न केन्द्रमा सिफारिस गरेको हो ।
उहाँको मात्रै नाम सिफारिस भएकाले उहाँ नै प्रदेश अध्यक्ष बन्ने निश्चित जस्तै भएको छ । यसअघि चौधरी एमाले केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।
उहाँ दाङ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट स्थापित हुनुभएका चौधरी पछिल्लो समय राष्ट्रियस्तरमै प्रखर नेताको रुपमा स्थापित भइसक्नुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।