होलेरी। रोल्पाको रुन्टीगढी गाउँपालिकामा भदौ २० गतेदेखि बिद्यालयहरु संचालन हुने भएका छन् । कोभिडका कारण लामो समयदेखि बन्द अबस्थामा रहेका बिद्यालयहरु सुरक्षाका मापदण्डको प्रयोग गर्दै संचालनमा आउने भएका हुन् ।
रोल्पाको रुन्टीगढी गाउँपालिका गाउँ शिक्षा समितिको आज (२०७८/५/१६ गते) बसेको बैठकले कोरोना भाइरसका कारण लामो समयदेखि विद्यार्थीहरुको शिक्षण सिकाइ हुन नसकेको हुँदा सम्पूर्ण स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउदै भदौ २० गतेदेखि सिकाइ सहजीकरण निरन्तर गर्न पालिका भित्रका सम्पूर्ण बिद्यालयहरुलाई अनुरोध गरेको छ ।
गाउँ शिक्षा समितिले आधाभूत तह कक्षा १ देखि ५ सम्म एउटा डेस्क,बेन्चमा बढीमा २ जनामात्र बस्नेगरी कक्षाकोठाको निर्माण गरि सहजीकरण गर्ने, अन्य कक्षाको हकमा बिद्यालयले बिद्यालयको सापेक्ष अनुसार जोर, बिजोगर वा अन्य प्रणालीको आधारमा सिकाइ सहजीकरण गर्ने, शिक्षक , कर्मचारी र विद्यार्थीहरुले अनिवार्य रुपमा मास्क , सेनिट्राइजरको प्रयोग गर्ने तथा साबुनपानीको ब्यबस्था गर्ने, विद्यार्थीहरु बिद्यालय रहदा, बाटोमा जादा /आउँदा घर आउँदा स्वास्थ्य सुरक्षा मापदण्डहरुको पालना गर्न /गराउन सम्बन्धित बिद्यालयले आचारसंहिता जारी गरि लागू गर्ने लगायतका निर्णय गर्दै सुरक्षा मापदण्डको प्रयोग गर्न सम्पूर्ण बिद्यालयहरुलाई अनुरोध गरेको छ ।
गाउँ शिक्षा समितिका अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा बसेको बैठकमा शाखा प्रमुख अन्जु शर्मा, रुन्टीगढी शिक्षक महासंघका भिमबहादुर दशौदी, गाउँ शिक्षा समितिका सदस्य जोखबहादुर रोका मगर , यामबहादुर दशौदी, शिक्षा शाखाका प्रास धनबहादुर डांगी लगायतको उपस्थिति रहेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।