• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा शान्तिनगर-दंगिशरणको दोस्रो बैठक सम्पन्न




हेमन्त वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत शान्तिनगर-दंगिशरण गाउपालिकाको दोस्रो बैठक शनिबार पश्चिम रगैचामा सम्पन्न भएको छ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले आफ्नो पार्टीले दलाल संसदीय व्यवस्थाको विरुद्ध जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाइ दिने कार्यनीतिक एजेन्डा लिएर अघि बढेको बताए।नेता शितलले संसदीय सरकारको विघटन गरि प्रगतिशील संयुक्त सरकार गठन गरेर त्यही सरकारको नेतृत्वमा जनमतसंग्रहको आयोजना गरि दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी राज्यव्यवस्था भनेर व्यवस्था चुन्ने अधिकार जनतालाइ दिनुपर्ने माग आफ्नो पार्टीको रहेको स्पष्ट पारेका थिए। सबैखाले समस्याको निर्विकल्प समाधान जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापना रहेको नेता शितलको भनाइ थियो।

बैठकले एक महिने संगठन सुदृढ तथा बिस्तार अभियान संचालन गर्ने,नमुना गाउ बनाउने,गाउपालिका स्तरीय राजनितिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम गर्ने,स्कुलिङ संचालन गर्ने,जबस मोर्चाको पालिका स्तरीय भेला/सम्मेलन गर्ने,अन्तर्क्रीया गर्ने,जनतासंग भेटघाट छलफल गर्ने,सहिद परिवार,घाइते,बेपत्ता योद्धाका परिवारसंग भेटघाट गर्ने लगाएतका महत्वपूर्ण निर्णय गरेको छ।

नेकपा शान्तिनगर-दंगिशरण गाउपालिका इन्चार्ज/सेक्रेटरी निर्मलको अध्यक्षता तथा संचालनमा बसेको बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्य रहेको थियो।

Facebook Comments