• ५ आश्विन २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
चिकित्सक आक्रमणको बिरोधः स्वास्थ्यकर्मीहरु काम छाडेर आन्दोलनमा (फोटो फिचर)




राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि भएको आक्रमणको बिरोधमा स्वास्थ्यकर्मीहरु काम छाडेर आन्दोलनमा उत्रेका छन् ।

दोषीलाई पक्राउ गरी कारवाही गर्न २४ घण्टे अल्टिमेटम दिएका उनीहरुले दोषी पक्राउ नपरेको भन्दै आन्दोलन शुरु गरेका हुन् ।

आज तुलसीपुरमा बिरोधमा र्याली गरिएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट शुरु भएको र्यालीले बजार परिक्रमा गरेको थियो । अस्पताल परिवार, एएनएम दाङ र सम्पूर्ण निजी स्वास्थ्य संस्थाको तर्फबाट प्रदर्शन गरिएको थियो ।

आक्रमणको बिरोधमा आज भदौ १३ गतेदेखि दाङका सम्पूर्ण स्वास्थ्य संस्थामा इमरजेन्सीबाहेकका स्वास्थ्य सेवा बन्द गरिने यसअघि नै चिकित्सक संघले जानकारी गराएको थियो ।

भदौ ११ गते नेकपा एमालेसम्बद्ध विद्यार्थीका नेताहरुले डा. सिंहमाथि कालोमोसो दलेका छन् । डा. सिंहमाथि एमालेनिकट अखिलका जिल्ला संयोजक सर्जन परियारलगायतले कालोमोसो दलेको अस्पताल ब्यवस्थापन समितिले जनाएको छ ।

Facebook Comments