• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव नेकपा घोराहीको बैठकः नमूना गाउँ बनाउने अभियान




नेकपा घोराही उपमहानगरपालिका कमिटीको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी दाङ, घोराही उपमहानगरपालिका कमिटीको शुक्रबार घोराहीमा एक कार्यक्रमका बीच दोस्रो पूर्ण बैठक सम्पन्न भएको हो ।

प्रशिक्षणात्मक मतब्य राख्दै बैठकका प्रमुख अतिथि दलित मुक्ति मोर्चा केन्द्रीय उपाध्यक्ष नेकपा दाङ विशेष कमिटीका सदस्य सम्झनाले जनयुद्धको अपुरो कार्यभार र पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशालाई संगै अगाडि बढाएको बताइन् ।

यो संसदीय ब्यबस्थालाई अन्त्यगरि बैज्ञानिक समाजवाद निर्माण गर्ने पार्टीको प्रमुख लक्ष्य भएकोहुँदा त्यसका लागि पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर जनताको माझमा जानुपर्ने र पार्टी संगो जनताको आसा र भरोसाको केन्द्र बन्दै गइरहेको समेत उनले बताइन् । पार्टीले संचालन गर्न लागेको अभियानलाई सशक्त रुपमा सफल बनाउन सबै जना आ- आफ्नै क्षेत्रमा खटेर लाग्नुपर्ने तथा पार्टी प्रवेश गरेर आउने जो कोहिलाई पनि जिम्मेवारी दिदा सचेत र समीक्षा गरेर मात्र पार्टीको जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ ।

त्यसैगरी प्रशिक्षणात्मक मतब्य राख्दै नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदीप वलीले पार्टीले संचालन गर्न लागेको एक महिने अभियानलाई सफल बनाउन सबै नेताकार्यकर्ता एकीकृत भएर अगाडि बढाउनुपर्ने बताए । जनताले यो संसदीय ब्यबस्थाको विकल्प रूपमा नेपाल कम्युनिस्ट पार्टीलाई रोजिसकेको समेत उनले बताए ।

अभियान मार्फत संगठनलाई सुदृढ बनाउने र जनसम्बन्धलाई बिस्तार गर्ने, नमूना गाउँ बनाउने पार्टीको उदेश्य रहेको समेत उनले बताए । श्रम र समयलाई उचित मुल्यांकन गर्दै अभियानलाई सफल बनाउन सबै जना दृढ संकल्पका साथ अगाडि बढ्नुपर्ने उनेको भनाई छ ।

युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटनले पार्टी क्रान्तिको लागि परिपक्व हुँदै गएको बताए । सत्तापक्ष राजनीति खिचातानीकै कारणले गर्दा जनता माझ नाङ्गिदै गएको पनि उनले बताए । २००७ साल्देखि जनताले यो या त्यो रुपामा साथ दिदै आएको र अब पनि जनताले नेपाल कम्युनिस्ट पार्टीलाई सहजैसाथ दिने तर त्यसका लागि पार्टीका नेताकार्यकर्ताहरुले जनताका माझमा जानुपर्ने समेत उनले बताए ।

बैठकले सांगठनिक अभियान भदौ २० गते चारवटा कमान्डमा भब्य रुपमा उदघाट गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको छ । जसमा अनिल,
मोति, किसन र माहनको कमाण्डमा रहेका छन् । पत्येक कमाण्डमा १५ सदस्यीय कमिटीको बनाइएको छ । संगठन सुदृढ तथा जनसम्बन्ध सुधार र दुई वटा नमूना गाउँ बनाउने अभियानको प्रमुख उद्देश्य रहेको छ ।

नेपाल कम्युनिस्ट पार्टी दाङ, घोराही उपमहानगरपालिकाका इन्चार्ज तिलक योगीको अध्यक्षता एबं दलित मुक्ति मोर्चा केन्द्रीय उपाध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी दाङ विशेष कमिटीका सदस्य सम्झनाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्लाका सेक्रेटरी प्रदीप वली, युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटन, वडाका इन्चार्ज र सेक्रेटरी लगायको उपस्थिति रहेको थियो ।

Facebook Comments