• ७ माघ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चिकित्सकमाथि भएको आक्रमणको सर्वत्र बिरोध, २४ घण्टाभित्र पक्राउ नगरे सेवा बन्द गरिने




राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि नेकपा एमालेसम्बद्ध विद्यार्थीका नेताहरुले कालोमोसो दलेका छन् ।

डा. सिंहमाथि एमालेनिकट अखिलका जिल्ला अध्यक्ष सर्जन परियारलगायतले कालोमोसो दलेको अस्पताल ब्यवस्थापन समितिले जनाएको छ ।

ब्यवस्थापन समिति अध्यक्ष पदमप्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै सर्जन परियार, दिवस क्षेत्री र गणेश खड्कालगायतले कालोमोसो दलेर अस्पतालबाट फरार भएको जानकारी दिनुभएको छ ।

साथै उहाँले २४ घण्टाभित्र पक्राउ गरी हदैसम्म कानूनी सजाय नभएमा अस्पतालबाट प्रदान गरिने सेवा बन्द गर्ने चेतावनी दिनुभएको छ ।

त्यस्तै चिकित्सक संघ दाङले पनि विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र दोषीलाई पक्राउ गरेर कारवाही नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

नेकपा माओवादी केन्द्र दाङलगायतका राजनीतिक दलहरुले पनि घटनाको बिरोध गर्दै दोषीमाथि तत्काल कारवाही गर्न आग्रह गरेका छन् ।

कर्मचारी संगठनको पनि बिरोध

त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी संगठनले पनि घटनाको बिरोध गरेको छ ।
आक्रमणकारीलाई कारवाही गरेका छौंः एमाले

एमाले दाङले दोषीहरु आफ्नो पार्टीनिकट विद्यार्थी संगठनका जिल्ला संयोजक र सहसंयोजक रहेका सर्जन परियार र दिवस क्षेत्रीलाई कारवाही गरेको जनाएको छ । जिल्ला संयोजक हुकुम बस्नेत र सचिव मनोहर बुढाथोकीले जारी गरेको विज्ञप्तिमा उनीहरुलाई संगठनको जिम्मेवारी र एमालेको साधारण सदस्य नरहने गरी कारवाही गरेको जानकारी दिनुभएको छ ।

आक्रमणमा हाम्रो समर्थन छः अनेरास्ववियू दाङ


एमालेले कारवाही गरेको बताए पनि विद्यार्थी संगठनका नेताहरुले आक्रमणमा आफ्नो समर्थन गरेको बताएका छन् । संगठनको तर्फबाट विज्ञप्ति जारी गर्दै उनीहरुले चिकित्सकमाथि भएको आक्रमणमा समर्थन जनाएका हुन् ।

Facebook Comments