• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्रमा अधिकांश जिल्ला इञ्चार्ज पुरानै, रुकुमपूर्वमा ओली र रुकुमपश्चिममा शर्मा




नेकपा माओवादी केन्द्रले देशभरि अधिकांश जिल्ला इञ्चार्ज पुरानै यथावत गरेको छ ।

केन्द्रीय समितिको बैठकपछि जिल्ला संरचना खारेज गरेर जिल्ला समन्वय समिति बनाएको सो पार्टीले जिल्ला समन्वय समितिबाट संघबाट हेर्ने गरी पुरानै जिल्ला इञ्चार्जहरु यथावत गरेको हो । जिल्ला संयोजक र सहसंयोजक भने प्रदेशहरुले तोक्ने छन् ।

दाङमा यसअघि नै नेकपाका इञ्चार्ज रहेका जीवन गौतमलाई निरन्तरता दिइएको छ ।

त्यस्तै रुकुमपूर्वमा तेजबहादुर ओली ‘प्रतिक’ले इञ्चार्जमा निरन्तरता पाउनुभएको छ । माओवादी एकल पार्टी हुँदा इञ्चार्ज रहेका ओली नेकपा बनेपछि सहइञ्चार्जको जिम्मेवारीमा रहनुभएको थियो ।

रुकुमपश्चिममा यसअघिका जिल्ला सहइञ्चार्ज बसन्त शर्मा ‘कुशल’ इञ्चार्ज तोकिनुभएको छ । यसअघिका इञ्चार्ज राजकुमार शर्मा ‘आर्ट’ले कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी पाएपछि बसन्त शर्माले नयाँ इञ्चार्जको जिम्मा पाउनुभएको हो । जनयुद्धकालमै रुकुममा जिल्ला सेक्रेटरीको भूमिका निर्वाह गर्नुभएको कुशलले यसअघि रुकुम, पाल्पालगायत जिल्लाको नेतृत्व गरिसक्नुभएको छ ।

रोल्पामा यसअघिकै इञ्चार्ज दिपेन्द्र पुन ‘सिजल’ले निरन्तरता पाउनुभएको छ भने प्युठानमा पनि कृष्णध्वज खड्काले नै निरन्तरता पाउनुभएको छ ।
सल्यानमा कर्णाली प्रदेशको सहइञ्चार्जसमेत रहेका टेकबहादुर बस्नेत इञ्चार्ज रहनुभएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

Facebook Comments