रुकुम पश्चिम सानीभेरी गाउँपालिकामा समूह मार्फत बिउ पूजी परिचालन सम्बन्धि सरोकारवालाहरु संग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकारबाट शहिद परिवार तथा घाइते अपांगको लागि बिउ पूजी परिचालन कार्यक्रममा बजेट बिनियोजन भएको र उक्त बजेटलाई कुन माध्यमबाट परिचालन गर्ने भन्ने विषयमा अन्तरकृया कार्यक्रम गरिएको हो ।
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७।०७८ मा शहिद परिवार¸घाइते अपांग तथा द्वन्द पिडित हरुलाई आयआर्जमूलक कार्यक्रम संचालन गर्नको लागि रु ८५ लाख बजेट विनियोजन भएको छ । उक्त रकमको प्रभावकारी संचालन गर्नको लागि अन्तरकृया कार्यक्रम गरिएको शहिद परिवार तथा घाइते अपांग आयआर्जन कृषक समूह सानीभेरी गाउँपालिकाका सचिब टेकबहादुर पुनले जानकारी दिनुभयो ।
प्रतिव्यक्ति रु ३० हजारका दरले प्रदेश सरकारले बजेट पठाएको र १० प्रतिशतका दरले आफैले प्रतिव्यक्ती रु ३ हजार लगानी गर्नुपर्ने कार्यविधि रहेको सचिब पुनले बताउनु भयो । अन्तरकृयामा बोल्ने बक्ताहरुले लक्षित समूहका लागि आएको रकम सम्बन्धित समूह तथा व्यक्तिहरुको हितका लागि लगानी गर्न र उक्त रकमलाई मूल पुजी बनाइ त्यसैबाट संस्थागत रुपमा विभिन्न आयआर्जन मूलक कार्यक्रमहरु सिर्जना गरि प्रभावकारी परिचालन गर्न सुझाब दिएका छन् ।
शहिद परिवार तथा घाइते अपांग आयआर्जन कृषक समूह सानीभेरी गाउँपालिकाका उपाध्यक्ष कृपाराम खड्काको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा नेकपा माओबादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य भुपाल सिं ओली¸ नेपाली काँग्रेस जिल्ला सदस्य रीपबहादुर ओली¸ सानीभेरी गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं ३ का वडा अध्यक्ष बिर्खबहादुर विष्ट¸ शिक्षक बुद्धिजिवी शशिराम विश्वकर्मा¸ ११ वटै वडाका वडा अध्यक्षहरु¸ विभिन्न बैंक¸ वित्तिय संस्था¸ सहकारी तथा समूहका प्रतिनिधिका साथै सरोकारवालाहरुको आतिथ्यता रहेको थियो ।
सानीभेरी गाउँपालिकाको बैठक हलमा भएको अन्तरकृया कार्यक्रमको संचालन शहिद परिवार तथा घाइते अपांग आयआर्जन कृषक समूह सानीभेरी गाउँपालिकाका सचिब टेकबहादुर पुनले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।