• ७ माघ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्नेका सबै विद्यालयमा भदौ १३ देखि सावधानी अपनाएर पठनपाठन गरिने




मदन बिसी/रुकुमकोट
रुकुम पुर्बको सिस्ने गाउँपालिकामा रहेका सबै विद्यालयमा आगामी १३ गतेबाट शिक्षण सिकाइ सहजीकरण सुरु हुने भएको छ । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा आज सिस्ने गाउँपालिकाको कार्यालय रुकुमकोटमा सम्पन्न भएको विद्यार्थीको सिकाइ निरन्तरताको लागि प्रअ बैठक तथा छलफल कार्यक्रमले भदौ १३ बाट शिक्षण सिकाइ सहजीकरण सुरु गर्ने निर्णय गरेको हो ।

कोभिडका कारण विद्यालय बन्द भइ शिक्षामा भएको क्षतिलाइ कम गर्न आधारभुत देखि माध्यमिक विद्यालयलाइ शैक्षिक सिकाइ केन्द्र मानी शिक्षण सिकाइ सहजीकरण गर्ने निर्णय गरिएको छ । यस्तै गएको श्रावण २५ गते देखि सुरु गर्ने भनिएको कक्षा ११ को स्थगित परिक्षा भदौ मसान्तसम्म संचालन गरि सक्ने निर्णय पनि गरिएको छ । विद्यार्थी सिकाइसहजीकरण निर्देशिका २०७७ लाई टेकेर स्वास्थ्य मापदण्डको पुर्ण पालना गरि विद्यालय अनुकुल सिकाइ सहजीकरण गर्ने र परिक्षा संचालन गर्ने निर्णय गरिएको शिक्षा युवा तथा खेलकुद शाखाका प्राबिधिक सहायक नरेन्द्र ओलिले बताउनुभयो ।

प्रअ बैठक तथा छलफल कार्यक्रममा कोरोना भाइरस कोभिड १९ को जोखिमका कारण रोकिएको पठनपाठन कसरी संचालन गर्न सकिन्छ भन्ने विषयमा बृहत अन्तरक्रिया तथा छलफल भएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका प्रअ तथा संघ संगठनमा आवद्ध शिक्षकले पठनपाठन सञ्चालनमा ल्याउन विभिन्न विकल्प प्रस्तुत गर्नुभएको थियो ।

उहाँहरुले भएसम्म समूह बिभाजन गरि स्वास्थ्य मापदण्ड अपनाइ विद्यालयमै शिक्षण सिकाइ सहजीकरण गर्ने यदि त्यो सम्भव नभए सबै किसिमका प्रबिधिको प्रयोग गरि दुर शिक्षा कार्यक्रम संचालन गर्नुपर्ने विकल्प अघि सार्नु भएको थियो । सबै विकल्प माथी छलफल गरि भौतिक उपस्तिथि बिना अन्य माध्यम अपनाएर गरिएको सिकाइ सहजीकरण प्रभावकारी नहुने हुँदा विद्यालयमै सिकाइ सहजीकरण गर्ने निष्कष निकालिएको हो ।

यसैबीच गाउँपालिका अध्यक्ष कुमारि बरालले विद्यार्थीको भबिस्यलाई ध्यानमा राखी शिक्षण सिकाइ सहजीकरण सुरु गर्ने निर्णय गरिएता पनि यसलाई विद्यालय सञ्चालन गर्न लागिएको भन्न नमिल्ने बताउनु भएको छ ।

प्रअ बैठक तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बरालले यस्तो बताउनु भएको हो । नयाँ शैक्षिक सत्र सुरु भएको लामो समय बितिसक्दा सम्म पनि कोभिडको कारण शिक्षण संस्था बन्द रहि विद्यार्थीको भबिस्य धराशायी भएकाले विकल्प मात्र अपनाइएको बरालले बताउनुभयो ।

यस्तो अबस्थामा सुरु गर्न लागिएको शिक्षण सिकाइ सहजीकरण लाई विद्यालय खोलिएको नभइ बैकल्पिक विधि अपनाइएको रूपमा बुझ्न र शिक्षण सिकाइ सहजीकरण कार्यमा सहभागी हुन उहाँले शिक्षक विद्यार्थीलाई आग्रह गर्नुभएको छ ।

अब सिस्ने गाउँपालिका भित्र रहेका सार्वजनिक तथा निजि विद्यालयले स्वास्थ्य मापदण्ड अपनाइ विभिन्न सिफ्टमा शिक्षण सिकाइ सहजीकरण गर्न सक्ने छन ।

गाउँपालिका अध्यक्ष बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष गोबर्धन बुढा, प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी दाहाल, एकिकृत अखिल नेपाल शिक्षक संगठन रुकुम पुर्बका अध्यक्ष मान बहादुर बस्नेत, नेपाल शिक्षक संघ रुकुम पुर्बका अध्यक्ष रमेश शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष घनश्याम दाहाल, नेपाल शिक्षक महासंघ रुकुम पुर्बका सचीव हरि बहादुर थापा लगायत सिस्ने गाउँपालिका भरिका ४० विद्यालयका ४५ भन्दा बढी शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण शिक्षा युवा तथा खेलकुद शाखाका प्रास ओलिले गर्नुभएको थियो ।

Facebook Comments