• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एकीकृत समाजवादीका नेताहरुले भने– कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी बिचलनबाट मुक्त गर्न बिद्रोह




नेपाल कम्युष्टि पार्टी (एकिकृत समाजबादी) दाङ क्षेत्र नं १ को अगुवा कार्यकर्ता भेला आज भाद्र ७ गते लमहीमा सम्पन्न भएको छ ।

एकिकृत समाजबादी १ नं क्षेत्रीय संयोजक मिना गुरुङको अध्यक्षतामा र पोलीटव्यूरो सदस्य भागवत विश्वासीको प्रमुख आतिथ्यतामा, केन्द्रीय सदस्य एवम प्रतिनिधि सभाका सदस्य मेटमणि चौधरीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको छ ।

अगुवा कार्यकर्ता भेलालाई संवोधन गर्दै प्रमुख अतिथि भागवत विश्वासीले अबको नेपालको सामाजिक परिवर्तनको आन्दोलनको नेतृत्व एकिकृत समाजबादी पार्टीले मात्र गर्न सक्ने बताउनु भएको थियो ।

नेपालको कम्युनिस्ट आन्दोलनको नेतृत्वमा राजनीतिक परिवर्तनको आन्दोलन सम्पन्न भए पछि त्यसलाई संस्थागत गर्ने समयमा नेतृत्वमा दक्षिणपन्थी विचलन आएको हुंदा अब कम्युनिस्ट आन्दोलन भित्रका दक्षिणपन्थी शक्तिलाई अलग गरी सही माक्र्सबादी–लेनिनबादी दर्शनमा शोषित पिडीत जनताको मुक्ति र परिवर्तनको आन्दोलनलाई अगाडि बढाउनु पर्ने अभिभारा नयां एकिकृत समाजबादी पार्टीले वहन गर्न सक्ने र यसको नेतृत्वमा नेपालको कम्युनिस्ट आन्दोलनको ध्रुविकरण गरिने बताउनु भएको थियो ।

विशिष्ट अतिथि, सांसद एमव एकिकृत समाजबादीका केन्द्रय सदस्य मेटमणि चौधरीले कम्युष्टि आन्दोलनको नेतृत्व गर्ने क्रममा केपी शर्मा ओलीले नेपालको जनप्रिय कम्युनिस्ट आन्दोलनलाई तहश नहश पार्ने काम गरेको हुंदा यहांको कम्युनिस्ट आन्दोलन, नेपालको समानुपातिक, समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन प्रणाली र संविधानको संरक्षण गर्न नेकपा (एकिकृत समाजबादी) पार्टीको स्थापना गरिएको भन्दै आधारभूत तहका जनताको मुक्ति, समृद्धि र राष्ट्रिय स्वाभिमानको निम्ति यही पार्टीले काम गर्ने बताउनु भएको थियो ।

भेलालाई एकिकृत समाजबादीकी केन्द्रीय सदस्य अनारकली मियां, लुम्वीनी प्रदेशका नेता लक्ष्मण आचार्य, दाङ जिल्लाका नेता शुरामणि बेलबासेले संवोधन गर्नु भएको थियो । भेलामा लमही नगर कमिटीका सचिव भुमाण्डव केसीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

भेलाको संचालन एकिकृत समाजबादीका क्षेत्रीय सचिव पवन रिजालले गर्नु भएको थियो । भेलाले पार्टीका पालिका र वार्डहरुमा राजनीतिक प्रशिक्षण संचालन गनर्,े संगठन एवम जनसंगठन निर्माण गर्ने निर्णय गरेको छ ।

Facebook Comments