• ४ चैत्र २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
होलेरीमा सामुदायिक वनको महत्व बारेमा ब्यापक छलफल




मनोज पुन

होलेरी । रोल्पामा पालिकास्तरिय फेकोफन, ग्रीन फाउण्डेसन नेपाल र गाउँपालिका अन्तर्गतका सामुदायिक वन उपभोक्ता समितिबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका स्तरिय फेकोफन, ग्रीन फाउण्डेसन नेपाल र पालिका अन्तर्गतका सामुदायिक वन उपभोक्ता समितिहरुबीच अन्तरक्रिया कार्यक्रम सोमबार होलेरीमा सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानीय वन एन, बनमा आधारित रोजगार को सिर्जना, सामुदायिक वनहरुको अबस्था, नीति नियम र उपभोक्ताहरुको जीवन परिवर्तन गर्नको लागि सामुदायिक वनको महत्व बारेमा व्यापक छलफल भएको छ ।
फेकोफन रुन्टीगढीका अध्यक्ष घनबहादुर घर्तीको अध्यक्षता एवं रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको प्रमुख आतिथ्यतामााति सम्पन्न भएको कार्यक्रममा विशिस्ट अतिथिमा फेकोफनका केन्द्रीय अध्यक्ष भारती पाठक उपाध्यक्ष ,भिम प्रसाद खड्का ,ग्रीन फाउन्डेसनका शुरेश रावत ,लगायत फेकोफनका केन्द्रीय पदाधिकारीहरु, ग्रीन फाउण्डेसनका पदाधिकारीहरु, गाउँपालिका कर्मचारीहरु र सामुदायिक बन उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सचिब तारा वलीले गर्नुभएको थियो ।

Facebook Comments