दाङ जिल्ला उद्योग वाणिज्य संघ को शनिवार बैठक संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा वसेको बैठकले संघमा लामो समयदेखि नविकरण नभएका उद्योगी तथा व्यवसायीहरुलाई नविकरणमा छुट दिने भएको छ ।
संघमा विभिन्न कारणले लामो समय सम्म नविकरण हुन नसकेका उद्योगी तथा व्यवसायीहरुलाई ३ वर्षको नविकरण लिएर नविकरण गरि दिने भएको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए ।
आउदो पुस मसान्त सम्मका लागि यस प्रकारको छुट दिइने कार्यसमिति सदस्य माधब खनालले बताए । यसले उद्योगी तथा व्यवसायीहरुलाई सहजता समेत हुने संघको अपेक्षा रहेको छ ।
Facebook Comments
फोटोग्राफीमा दक्ष महरा सिस्ने अनलाइनका फोटो पत्रकार हुनुहुन्छ ।