घोराहीदेखि मुर्कुटीसम्मको सडक सुधारका लागि जनस्तरका थालिएको आन्दोलनमा विभिन्न क्षेत्रका अगुवाहरुले एक्येबद्धता जनाएका छन् ।
घोराही नवलपुरमा आयोजित कार्यक्रममा उनीहरुले एक्येबद्धता जनाएको हुन् ।
वक्ताहरुले टिप्परका लागि बैकल्पिक सडक तत्काल सञ्चालन गरिनुपर्ने बताएका छन् ।
आन्दोलनबारे जानकारी दिंदै घोराही–मुकुटी सडक सुधार सरोकार समितिका संयोजक नारदमणि पोखूेलले मदन भण्डारी लोकमार्गको घोराही–मुर्कुटी सडक सुरक्षित गर्न, सडक क्षेत्रका जनताको जीवन सुरक्षित र यात्रा सहज बनाउन, सिमेन्ट उद्योगको कच्चा पदार्थ ढुवानीका लागि वैकल्पिक र स्थायी मार्ग सुनिश्चित गर्न र सडकलाई खाल्डाखुल्डी, हिलो, धुलो र दुर्घटनाबाट मुक्त गर्न आन्दोलन शुरु गरिएको बताउनुभयो । वैकल्पिक सडक निर्माण नहुँदासम्म आन्दोलन जारी राख्ने भन्दै उहाँले सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको थियो ।
सहभागीहरुले आन्दोलन सही भएकाले कुनै आंशिक सहमतिमा आन्दोलन नतुहाउन आग्रह गरेका थिए । बिगतमा आन्दोलन भए पनि सामान्य सम्झौतामा टुंगिने गरेको भन्दै उनीहरुले यसपटक वैकल्पिक सडक सञ्चालन नहुँदासम्म आन्दोलन जारी रहनुपर्ने बताए ।
कार्यक्रममा घोराही १५ का अध्यक्ष रमेश पाण्डेय, घोराही ४ का अध्यक्ष भीमबहादुर सार्की, घोराही ३ का अध्यक्ष माधव चौधरी, नागरिक समाजका कार्यवाहक अध्यक्ष हरिप्रसाद पाण्डे, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदी, दाङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुशील पोख्रेल, सरोकार समितिका सहसंयोजक टेकबहादुर घर्तीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रम सहजीकरण सरोकार समिति सदस्य पुरन शर्माले गर्नुभएको थियो ।
आन्दोलनका कार्यक्रमअन्तर्गत वैकल्पिक सडक सञ्चालनमा नआउँदासम्म आन्दोलन जारी रहने, वैकल्पिक सडक सञ्चालन नहुँदासम्म साँझ ७ बजेदेखि विहान ६ बजेसम्म मात्रै सिमेन्ट उद्योगसम्बद्ध टिप्पर चल्न दिइने छ र उद्योगदेखि खानीस्थलसम्मको सडक किनारामा कतै पनि टिप्पर पार्किङ गर्न नदिने जानकारी गराइएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।