घोराही । विद्यानिलकण्ठ माध्यामिक विद्यालयले पढाइको शुभारम्भ गरेको छ । घोराही उपमहानगरपालिका १५ मा रहेको विद्यालयले बिहीबार पत्रकार सम्मेलन मार्फत पढाइको शुभारम्भ गरेको हो ।
विद्यालय व्यवस्थपन समितिका अध्यक्ष चन्द्रकाश खनालको अध्यक्षता नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अथिति समेत रहेका सुवेदीले शिक्षालाई नयाँ प्रविधिसंग जोडेर अध्यापन गर्नुपर्ने बताएका छन् । विद्यार्थीहरुलाई किताबी ज्ञानसंगै बाहिरी ज्ञानगुणका क्रियाकलापहरुमा विशेष जोड दिएर अगाडि बढ्नुपर्ने उनले बताएका हुन् ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सीपल रामजनम चौधरीले विद्यालयनिलकण्ठ विद्यालय २०४७ सालमा सञ्चालनमा आएको बताए । स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताए । विभिन्न आरोह÷अवरोहका कारण
२०७८ सालमा यो विद्यालयलाई नयाँ नेतृत्व र नयाँ व्यवस्थापनकासाथ सञ्चालन गर्ने दृढ संल्कपसहित आफूहरुको टिमले जिम्मा लिएको समेत उनले बताए । विद्यालयमा औपचारिक पढाइको शुभारम्भ गर्दै कक्षा ११ का विद्यार्थीहरुलाई चित्र मार्फत गणित विषयमा प्रवेश गराउदै सबैभन्दा सजिलो विषय गाणित भएको तथा हेरक ठाउँमा गणितको प्रयोग हुदै आएको र पठनपाठनका लागि अनुभवी प्रध्यापकहरुबाट अध्यापन हुने पनि उनको भनाइ छ ।
त्यस्तै क्याम्पसका प्रमुख भोलाप्रसाद डाँगीले कार्यक्रममा बोल्दै मध्यपश्चिम क्षेत्रकै पहिलो पत्रकारिकता विषय पढाइ सञ्चालनमा ल्याउने एकमात्र विद्यालयको रुपमा स्थास्पित भएको बताए । विद्यानिलकण्ठ विद्यालय पत्रकार उत्पादन गर्ने थालो भएको पनि बताए । नयाँ नेतृत्व र नयाँ व्यस्थापनकासाथ सञ्चालनमा आएको यो विद्यालयले संस्कार, संस्कृति र नैतिकतालाई प्राथमिकता राखेको समेत उनले बताए ।
यसैगरी कार्यक्रममा बोल्दै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश खनाले विज्ञान र गणित विषयलाई विशेष जोड दिएको बताए । विद्यालयमा मन्टेश्वरी देखि एमएडसम्मका कक्षाहरु सञ्चालनमा रहेको बताए । पढाइलाई व्यवहारिकसंगै पेशामा जोड्ने र विद्यालयलाई उच्चस्तरीय शिक्षण संस्थाको रुपमा स्थापना गर्नका लागि सबै टिम अग्रसर रहेको समेत उनले बताए ।
कार्यक्रममा पूर्व विद्यार्थी रेडिया मध्यपश्चिमका समाचार प्रमुख निमुसंगम घर्ती र कक्षा ११ का विद्यार्थीहरुलाई अविर तथा खादा लगाएर सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थपन समितिका अध्यक्ष चन्द्रकाश खनालको अध्यक्षता नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा द्रोण खड्का, पिन्सीपल रामजनम चौधरी, धुब्रप्रकाश मल्ल, केशव गौतम लगायत विद्यालय÷क्याम्पसका सम्पूर्ण टिमहरुको उपस्थिति रहेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।