घोराही । रोल्पाको परिवर्तन गाउँपालिका १ उपबाङमा जन्मिएका हुन्, डम्बर बुढा । विप्लवको उपनामले चिनिने डम्बर अहिले ४० वर्षका भए । रोल्पाको विकट ठाउँमा जन्मिएका डम्बर बाल्यकालदेखि नै नितान्त नयाँ सोच बिचार आधारमा अगाडि बढ्न मन पराउँदथे । उनले हरेक समस्या र चुनौतीलाई संघर्षसँगै शक्तिमा बदल्न रुचाउथे । सानै उमेरदेखि अरुभन्दा फरक सिर्जनात्मक र रचनात्मक काम गर्नुपर्छ भन्ने क्रान्तिकारी स्वभाव थियो, डम्बरमा । रोल्पा जनयुद्धको उद्गम थलो हो । रोल्पा माओवादीको आधार इलाका हो भनेर पनि चिनिने गर्छ । माओवादी नभएका कुनै गाउँठाउँ नै थिएनन् ।
माओवादीले राज्य व्यवस्था परिवर्तन गरी जनताको जनसत्ता ल्याउने कुरा सबैभन्दा उत्तम थियो । क्रान्तिकारी स्वाभाव भएका डम्बर विद्यालयमा पढ्ने क्रममै तत्कालिन माओवादीको विद्यार्थीका विभिन्न इकाई हुँदै जिल्ला संगठनसम्म आवद्ध भएका थिए । उनले प्लस टुसम्म अध्ययन गरे । वि.सं.२०५२ साल फागुन १ गतेका दिन जनयुद्ध शुरु तत्कालिन माओवादीले गरेको थियो । नेपालमा जनयुद्ध १० वर्षसम्म चलेको थियो ।
राज्यसत्ता कब्जा गरी जनताको जनसत्ता निर्माण गर्नतिर कम्मर कसेर जनयुद्धमा वि.सं. २०५६ सालमा पार्टीको होलटाइमर थिए, विप्लव । पार्टीमा १२ वर्ष होलटाइमर भएका विप्लवले थुप्रै चुनौती र कठिनपूर्ण संघर्ष गर्नु परेको थियो । विप्लव १ वर्ष पार्टीको जनमुक्ति सेना भएर विभिन्न ठाउँमा लडाइ लडे भने धेरै समय कलाकार क्षेत्रमा दिनहरु अर्पन गरे । पार्टीको जनसाँस्कृतिक अभियानमा गीत, नृत्य र नाटक मार्फत जनताहरुलाई जनचेतनाका सन्देशहरु दिइन्थ्यो । त्यही गीत, नृत्य र नाटकले नेताकर्यकर्तामा क्रान्तिलाई थप सशक्त बनाउपर्छ भन्ने उत्साह थप्थ्यो । कुनै ठाउँमा लडाइ जिते चारैतिरबाट राके जुलुस निकालेर विजयीको उत्सव मनाइने गरिन्थ्यो । ती दिनहरु निकै आस लाग्दा थिए । कयौ महिला दिदिबहिनीहरु नबालक शिशुलाई बोकेर यद्धमा लागेका थिए । देशको मुहार फेर्न र आफ्नो सत्ता प्राप्तका लागि कयौं भोकै लड्नु परेको थियो । कयौं दिन घना जंगलमा दिनहरु विताउनु पर्ने बाध्यताहरु पनि थिए । तत्कालिन माओवादीले जनआन्दोलन थुप्रै लडाइहरु जित्यो भने रुकुम खाराको लडाइमा हार बेहोरेसँगै आन्दोलन विस्तारै पछाडि ढकेलिएको र शान्ति प्रक्रियामा नै गयो । विडम्बना शान्ति प्रक्रिया पश्चात आफूहरुले देखेको सपना सपनामै सीमित भएजस्तै लाग्छ, उनलाई । अब ती सपनामा देखिएका आस र विश्वासका सपनाहरु जलेर पुरै खरानी झै भएका छन् । घर परिवारलाई नै पुरै बिर्सिएर जनयुद्धमा होमिएका विप्लवले थुप्रै दुःख र कष्टपूर्ण कुरालाई भुलेर यद्धमा सरिक भएका थिए ।
उनले जनयुद्धमा गरेका त्याग, तपस्या र योगदानहरु सम्झदा बिरक्त लागेर आउँछ । जुन व्यवस्थालाई जरैबाट उखेलर फाल्ने प्रतिवद्धताका साथ युद्धको मैदानमा होमिएका नेताहरु आज ती व्यवस्थामा लामबद्ध भएको देख्दा विप्लवलाई उदेक लागेर पनि आउँछ । हिजोको दिनमा जनयुद्ध सरिक हुँदै गर्दा जुन उर्भराउँदो शक्ति थियो । त्यो शक्ति आज आएर कुहिएको फर्सिझै भएको छ । रोल्पामा मात्र ७४५ जनाले युद्धमा बलिदान दिए । युद्धमा कयौ मानिस घाइते भए । कयौं अपाङ्ग भए । कयौंले सहादत प्राप्त गरे । कयौंका श्रीमती घरबार बिहिन भए । कयौं मान्छेहरु आफ्नो शरिरमा अझै पनि गोलीका छर्राहरु बोकेर बाच्न विवष छन् । कयौं छोराछोरीहरु टुहुरा भए । लडाइको क्रममा सत्तापक्षले हानेको गाली लागेर मृत्यबरण गरेका सहयोद्धाहरुलाई राम्रोसँग दाहसंस्कार गर्न नपाएका दिनहरु सम्झदा त उनलाई झनै भावुक बनाउँछ । विरक्त लागेर आउँछ, उनलाई । साहेद ती दिनहरु फर्केर आउँदैनन् । अब बुद्धिजीवि वर्गहरुले जनयुद्धलाई एउटा इतिहासको रुपमा संलेषण गर्नुपर्छ ।
शान्ति प्रक्रिया पश्चात घरमै आएर बसे, विप्लव । निरास भएर घर फर्किएका विप्लवले जीवन धान्नको लागि केही गर्ने सोच बनाए । र, उत्पादन कार्यमा जोडिने निधो गरे । तर, त्यो उत्पादन कार्य नितान्त फरक हुनुपर्छ भन्ने अठोटका साथ उखु खेती शुरु गरे । विस्तरै दिन वित्यो, समय वित्यो क्रमसँगै उखुका विरुवापनि हुर्किदै ठुला भए । विस्तारै आम्दानीको स्रोत बन्न पुगेको र हासी खुशी परिवारसँग बस्न र र रमाउन पाएको पनि उनले सम्झन्छन् ।
सिर्जनात्मक काम गर्नुपर्छ भन्ने धारणा बनाएर वि.सं. २०७३ साल बैशाख महिनामा दाङको घोराही उपमहानगरपालिका १७ गैरागाउँमा जग्गा लिजमा लिएर संयुक्त रुपमा उखु खेती व्यवसाय शुरु गरेको डम्बर बुढाले बताए । करिब १५ लाखमा तीनजनाको संयुक्त लगानीमा उखु खेती शुरु गरेको पनि उनले बताए । सो ठाउँमा करिब साढे तीन बिघा जग्गामा वार्षिक रुपमा दुई लाख ५० हाजर तिर्ने सम्झौता गरी १० वर्षका लागि लिज लिएर उखु खेतीको उत्पादन कार्यमा जोडिए समेत उनले बताए । खेतीयोग्य जमिनलाई सदुपयोग गर्दै परम्परागत खेतीप्रणालीलाई आधुनिकीकरण मार्फत उत्पादन कार्यमा अगाडि बढेको पनि उनको भनाई थियो ।
“देश बदल्न भनेर जनयुद्धमा हिड्यौं तर देश बदल्न सकेनौं उनले भने अब उत्पादन कार्य मार्फत नै सबैलाई उत्पादनमा जोडिन प्रेरित गर्ने हो । ” ऊखु उत्पादन राम्रो गरेपनि बजारीकरणको समस्याले गर्दा भने जस्तो आम्दानी लिन नसकेको र ऊखुलाई जुस बनाएर बच्ने संकल्पका साथ मेसिन लिएर ऊखुबारीमै ऊखु जुस पनि सञ्चालनमा ल्याएको उनले बताए । ऊखु उत्पादनको शुरुशुरुमा राम्रो आम्दान भएता पनि पछिल्लो दुई वर्ष यता कोरोना भाइरसका कारण व्यापार भनेजस्तो नभएको र वार्षिक रुपमा १०/१२ लाख आम्दानी हुने गरेको पनि उनले बताए । आफ्नै उत्पादनलाई आफै ऊखुको जुस बनाइ प्रति गिलास रु २५ रुपैयामा बजारीकरण गर्न पाउँदा बिक्री भएर बचेका ऊखुहरु खेर नजाने समेत उनको भनाइ छ ।
डम्बरको बिगतमा जसरी युद्धमा लडाइ गर्ने, नाचगान गर्ने र नृत्य गर्ने जस्ता आट र साहस आज भोलि ऊखु काट्ने, हेरचाह गर्ने, जुस बनाएर अरुलाई खुवाउने उनको दैनिकी जस्तै बनेको छ । घोराही उपमहानगरपालिका १७ गैरागाउँ पछिल्लो कृषिको हव बन्न थालेको छ । गाउँमा ऊखुखेती देखि च्याउँ खेतीमा कृषिहरुको आकर्षणको केन्द्र बन्न थालेको देखिन्छ ।
रेउले सिस्ने अनलाइनका प्रबन्ध सम्पादक हुनुहुन्छ ।