• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गाडी किन्नेलाई कम ब्याज र साना ब्यबसाय गर्नेलाई बढी ब्याज लिने नीति हटाइने छः अर्थमन्त्री




अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुमा गाडी किन्ने सम्पन्नलाई कम ब्याज र साना ब्यवसाय गर्ने गरीबलाई बढी ब्याज लिने नीति परिवर्तन गर्ने बताउनुभएको छ ।

राष्ट्रिय सहकारी बैंकको १९औँ वार्षिकोत्सवको अवसरमा आज ललितपुरमा आयोजित सहकारीमा लघुवित्त सम्मलेन–२०७८ लाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
उहाँले ऋण प्रवाहमा रहेको असमानता हटाउन पहल गरिने बताउनुभयो । “गाडी किन्ने कर्जा थोरै ब्याज लाग्ने तर गरिबले लिने कर्जामा धेरै ब्याज लगाउने कार्य सच्याउनुपर्नेछ, यसका लागि पहल शुरु गरिसकेको छु ।’ उहाँले कर्जा प्रवाहमा ब्याजदर घटाएर सहज बनाउन सहकारी बैंक, सहकारी संस्था तथा लघुवित्त संस्थाहरुलाई आग्रह गर्नुभयो ।

उहाँले सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या पनि अन्त्य हुने बताउनुभयो । यो समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“चेक नचल्ने नियम खारेज गर्छु । सामाजिक सुरक्षाको भत्ता पनि सहकारी बैक तथा गाउँ गाउँमा रहेका लघुवित्त कम्पनीमार्फत भुक्तानी गर्ने व्यवस्थाका लागि छलफल चलाइरहेको छु”, उहाँले भन्नुभयो, “बरु सहकारी बैंकहरुले नाफाको लागि प्रतिस्पर्धा नगर्नुस् । उत्पादन र रोजगारी सिर्जनामा प्रतिस्पर्धा गर्नुस् ।”अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमुखी अर्थतन्त्रको विकास गर्न सहकारी बैंकका साथै लघुवित्त क्षेत्रले जोड दिनुपर्ने बताउनुभयो ।

“उत्पादनमुखी अर्थतन्त्रमा टेवा पु(याउन लघुवित्तले उत्पादन क्षेत्रलाई जोड दिनुपर्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि सरकारले नीतिमा परिवर्तन गरी सहजीकरण गर्छ ।” उत्पादनमा जोड दिँदा त्यसले रोजगारी सिर्जना गर्ने भन्दै उहाँले सहकारी संस्थाहरूले नाफाको प्रतिस्पर्धा नगरी रोजगारी सिर्जना, गरीबी अन्त्य तथा उत्पादन वृद्धिमा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो ।

Facebook Comments