तेक्वान्डो डोजाङका खेलाडीहरुले घोराही उपमहानगरपालिका २ रामपुरमा सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् । बुद्धिराम स्मृति तेक्वान्डो डोजाङ घोराही उपमहानगरपालिका वडा नं. २ रामपुरको आयोजनामा खेलाडीहरुले सरसफाई कार्यक्रम सम्पन्न गरेका हुन् ।
“गाउँ तथा स्वच्छ शहर, हामी खेलाडीहरुको रहर” भन्ने मुल नारासहित सम्पूर्ण खेलाडीहरुले घोराही उपमहानगरपालिका २ बालिम देखि सुर्केडाँगीसम्म सरसफाई गरेको डोजाङ प्रमुख विष्णु घर्तीले बताए । आफ्नो गाउँघर सफा राख्ने उद्धेश्यकासाथ सरसफाई कार्यक्रमको आयोजना गरिएको पनि उनले बताए ।
पछिल्लो समयमा विस्तारै जनसंख्या वृद्धिसँगै जताततै फोहोरका कारण पानी दूषित हुने, वातावरण असन्तुलन हुने र निकट भविष्यमै मासिनहरुमा असर देखिने भएकाले सरसफाईमा सबैलाई लामबद्ध बनाउनका लागि यो सानो प्रयास आफूहरुबाट सुरुवात गरेको उनको भनाइ छ ।
उक्त सरसफाई कार्यक्रममा ४६ जना खेलाडीहरुसँगै प्रशिक्षक भुपेन्द्र बहादुर घर्तीको पनि उपस्थिति रहेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।