माबि बालबिकासको निमित्त प्रधानध्यापकमा श्रीधर पोखरेल नियुक्त हुनु भएको छ ।
घोराही उपमहानगरपालिका १४ मा रहेको उक्त विद्यालयमा सिद्धरत्ननाथ मावि नारायणपुरमा अध्यापन गराउँदै आउँनु भएका पोखरेल प्र.अ.मा नियुक्त हुनु भएको हो ।
घोराही उपमहानगरपालिकाको शिक्षा महाशाखाले नगर क्षेत्रमा रहेका मावि स्तरका विद्यालयमा मावि दरबन्दीकै प्रअ नियुक्त गर्ने व्यवस्था भए बमोजिम उहाँलाई तोकी पठाएको हो । त्यसक्रममा नवयुक्त प्रधानध्यापक पोखरेलले आज पदभार ग्रहण गर्नु भएको छ ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शक्तिराम डाँगीले नवयुक्त प्रअ पोखरेललाई निवर्तमान प्रअ राजेन्द्रकुमार श्रेष्ठलाई टिका फुलमाला र मायाको चिनो हस्तान्तरण गर्नु भएको थियोे । अध्यक्ष डाँगीले विद्यालयलाई विधीमा रहेर संचालन गर्न निर्देशन गर्नुभएको थियो ।
शिक्षकले कर्तव्य पालना गरे शैक्षिक गुणस्तर माथी उठ्ने भन्दै त्यसका लागि सबै शिक्षक,कर्मचारीले ध्यान दिनुपर्ने वताउँनुभयो । नवनियुक्त प्रअ पोखरेलले शैक्षिक उपलब्धी आफ्नो पहिलो लक्ष्य भएको उल्लेख गर्नुभयो ।
भौतिक पूर्वाधारणले विद्यालयको गुणस्तर माथी नउठ्ने भन्दै त्यसका लागि शिक्षकले अध्ययन अनुसन्धानमा ध्यान दिनुपर्ने वताउँनुभयो । ३२ बर्षको आफ्नो शैक्षिक अनुभव विद्यालयमा खर्च गर्ने भन्दै त्यसका लागि सबैले साथ दिनुपर्ने उल्लेख गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक माधव चौधरीले गर्नु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।