दाङमा लुम्बिनी प्रदेशस्तरीय सरकारी इञ्जिनियरिङ क्याम्पस स्थापनाका लागि प्रक्रिया शुरु भएको छ । जसका लागि विश्वविद्यालय अनुदान आयोगले हिजो मात्रै पाँच करोड बजेट विनियोजन गरेको छ ।
यसअघि तत्कालीन शिक्षामन्त्री गिरिरामणि पोख्रेलको पालामा लुम्बिनीको दाङ, प्रदेश २ को महोत्तरी र सुदूरपश्चिम प्रदेशको डोटीमा सरकारी तहबाट इञ्जिनियरिङ पढाइका लागि त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस स्थापना गर्ने निर्णय गरेको थियो । सोअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरेर काम अघि बढाउन २० करोड रुपैयाँ बजेट पनि विनियोजन गरिएको थियो । सो बजेटमध्ये हिजो मात्रै दाङका लागि पाँच करोड बजेट विनियोजन गरिएको तत्कालीन शिक्षामन्त्री पोख्रेलका राजनीतिक सल्लाहकार एवं नेकपा माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतमले जानकारी दिनुभयो ।
आफूहरु सरकारबाट हटेपछि अलपत्रजस्तै परेको योजना पुनः अघि बढाइएको जानकारी दिंदै नेता गौतमले भन्नुभयो– ‘असार ३१ गते बसेको विश्वविद्यालय अनुदान आयोगको बैठकले दाङमा इञ्जिनियरिङ क्याम्पस स्थापनाका लागि पाँच करोड बजेट त्रिभुवन विश्वविद्यालयका नाममा निकासा गर्ने निर्णय गरेको छ, अब बाँकी काम इञ्जिनियरिङ संकायको डिन कार्याललयले अघि बढाउने छ ।’
अब तत्काल पूर्वाधार निर्माणको काम अघि बढाइने पनि उहाँले जानकारी दिनुभयो । महेन्द्र बहुमुखी क्याम्पसको पश्चिमतर्फ रहेको पाँच बिघा जमीनमा निर्माण कार्य अघि बढाइने छ ।
सरकारी इञ्जिनियरिङ क्याम्पसका लागि घोराही उपमहानगरपालिकाले घोराही १७ मा पनि जग्गा उपलब्ध गराएकाले बाँकी संरचना त्यता पनि बन्ने उहाँले बताउनुभयो । अहिले लुम्बिनी प्रदेशमा सरकारी स्वामित्वका इञ्जिनियरिङ क्याम्पस छैनन्, यो नै अब पहिलो हुनेछ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।