नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत घोराही उपमहानगरपालिकाले जनश्रमदान गरेको छ।
पार्टी निकट अखिल(क्रान्तिकारी) राप्ती व्युरो सदस्य अनिलको कमान्डमा घोराही उपमहानगरपालिका वडा नं. १६ लेटारमा १० कठ्ठा क्षेत्रफलमा धान रोपेर श्रमदान गरिएको हो।
घोराही उपमहानगर कमिटी सदस्य द्वोय अमर खत्री र शरद खत्री तथा अखिल(क्रान्तिकारी) दाङ जिल्ला सचीव शरद खत्रीको खेतमा धान रोपाई सम्पन्न भएको हो।
घरमुली अमर खत्री लामो समय देखि स्वास्थ्य समस्याका कारण भेरी अस्पताल नेपालगन्जमा उपचाररत भएको हुदा रोपाइँ गरेर सहयोग गरेको अखिल(क्रान्तिकारी)का राप्ती व्यूरो सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सदस्य एवम् घोराही १६ का इन्चार्ज अनिल के सी ले जानकारी दिए।
वडाले प्रत्येक महिनाको १ दिन जनश्रमदान गर्ने नीति अनुरुप श्रमदान गरिएको पनि इन्चार्ज अनिलले बताए।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।