• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सरकारी गाडी दुरुपयोग गर्नेमाथि २४ घण्टे स्पष्टीकरण




रुकुम पश्चिमका बिभिन्न सरकारी कार्यालयका सवारी साधनको दुरुपयोग भएको पाईए पछि बिहीवार जिल्ला प्रशासन कार्यालयले रुकुम पश्चिमले ति कार्यालयलाई स्पष्टिकरण मागेको छ ।

सवारी साधन दुरपयोग भएको भनिएका कार्यालयलाई जिल्ला प्रशासन कार्यालयलाई बोलाएर स्पष्टिकरण मागिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएका कार्यालयले २४ घण्टा भित्रै स्पष्टिकण दिने बताएको प्रजिअ रेग्मीले बताउनुभयो । कार्यालय समय बाहेक सार्बवनिक बिदा र व्यत्तिगत प्रयोजनको लागि सावारी प्रयोग गर्न नपाईने भए पनि जिल्लामा प्रयोग गरेको पाइएको छ ।

प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार सार्बजनिक बिदा र व्यक्तिगत प्रयोजनामा प्रयोग गर्दा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने भए पनि कुनै कार्यालयले जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिएको पाइएको छ ।

बुधबार मुसिकोट नगरपालिका ७ साँखमा लागेको पापीनि मेलामा सरकारी गाडि दुरपयोग भएको सामाजिक सञ्जालमा गुनासो आएपछि बिहीवार सम्वन्धित कार्यालयलाई जिल्ला प्रशासन कार्यालयमा बोलाइएको हो ।

सामाजिक सञ्जालको कमाल

पत्रकार महेश केसीले सामाजिक सञ्जालमा यो तस्विर राखेपछि गाडी दुरुपयोगको चौतर्फी आलोचना भएको थियो । जनस्तरको दबाबपछि प्रशासनले पनि कार्यालयहरुसँग स्पष्टीकरण सोधेको छ ।

Facebook Comments