• २२ पुष २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सर्वोच्चमा बुझाएको हस्ताक्षरमा दृढ छौं, दश बुँदेको अपब्याख्या अस्वीकार्य: नेपाल




नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले हिजो कार्यदलस्तरमा भएको सहमतिको गलत ब्याख्या हुन थालेको भन्दै आपत्ति जनाउनुभएको छ ।
विहानै सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले आफूहरुले संसद बिघठनविरुद्ध सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षरमा दृढ रहेको स्पष्ट गर्नुभएको छ ।

‘हिजो राती नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ’– नेपालले भन्नुभएको थियो ।

अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै उहाँले थप भन्नुभएको छ– ‘सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षर मा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।’

सहमतिलगत्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अब काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा अब १२३ जनामात्रै विघटित प्रतिनिधिसभा सदस्य रहेको दावी गर्नुभएको थियो । उहाँले एमालेमा सहमति भएसँगै अब अदालतले देउवाको पक्षमा परमादेश जारी नगर्ने र पुनर्स्थापना पनि नगर्ने दाबी गर्नुभएको थियो । एमालेमा आइतबार १३ घण्टा लामो वार्तापछि १० बुँदे सहमति भएको थियो भने सो सहमतिपछि बालुवाटारबाट यस्तो अभिव्यक्ति, आ​एको हो ।

Facebook Comments