राप्ती समाज जापानको टोकियोमा सम्पन्न तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
सो अधिवेशनबाट मनराज विश्वकर्मालाई अध्यक्ष र पन्चबीर चौधरीलाई महासचिबमा चयन गर्दै २७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
आइतवार टोकियोमा सम्पन्न अधिवेशनको अध्यक्षता निवर्तमान अध्यक्षय युवराज रेग्मीको र कार्यक्रम सन्चालन निवर्तमान महासचिब प्रकाश ओलीले गर्नुभएको थियो ।अधिवेशनले निवर्तमान अध्यक्षहरु युवराज रेग्मी र बिशेश्वर रेगामी लाई संरक्षकको जिम्मा दिएको छ ।
कार्य समितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश ओली,उपाध्यक्षहरु आयुष्मा पुन मगर ,कमल सोनी, शिवराज भट्टराई, महासचिब पञ्चबीर चौधरी सचिब हरिभक्त ओली ,सहसचिब विश्व प्रताप बुढा मगर, कोषाध्यक्ष युबक शाही ,सह कोषाध्यक्ष सुरेश पोख्रेल,प्रबक्ता सुगम बस्याल ,RNJप्रमुख कमल बॅाठा मगर र सदस्यहरु किरण घर्ति मगर,गोपाल खड्का ,सबित्री श्रेष्ठ ,शंकर के:सी ,जानकी अधिकारी,रोशनी कठायत,प्रकाश श्रेष्ठ ,शिबराज बि .क. ,शुन्दर शाह ,शुन्दर अधिकार ,नबिन खत्री शिवराज भट्टराई लाई चयन गरेको छ भने २जना ना सदस्य पछि मनोनित हुने जनाएको छ ।
अधिवेशनले ९सदस्यीय सल्लाहकारमा तारा प्रकाश बुढा मगर,रबि पुन ,शरद पोख्रेल,राजन केसी ,बिष्णु पौडेल,धनबीर सोनी,केशब भण्डारी ,पदम प्रसाद भट्टराइ ,शोभानसिंग खड्का चयन गरेको छ।
अधिवेशनमा २०१३ देखि हालसम्म गरिएका कार्यक्रमको समीक्षा गरिएको थियो । त्यस अवसरमा कार्यपत्र र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने विधांनलाई सर्वसम्मत रुपमा केहि परिमारजित गरिएको थियो ।
अधिवेशनले आगामी कार्यक्रमको तर्जुमा गर्दै राप्तीबासी र समग्र राप्तीको विकासका लागि थप केन्द्रित रहने कुरामा जोड दिइएको छ । जापानमा छरिएर रहेका सम्पूर्ण राप्तीबासीहरू एकजुट भई राप्तीको विकासमा जोड दिने प्रस्तावलाई अधिवेशनले पारित गरेको छ ।
कार्यक्रममा राप्ती समाज जापानका संरक्षक विशेश्वर रेगामीको प्रमुख आतिथ्यता रहेको निवर्तमान महासचिब प्रकाश ओलीले
जानकारी दिनुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।