रुन्टीगढी गाउँपालिकाको नीति कार्यक्रम तथा बजेट सर्वसम्मत पारित भएको छ । गत असार १० गते नवौं गाउँसभामा पेश गरिएको रुन्टीगढी गाउँपालिकाको आव २०७८/०७९ को नीति कार्यक्रम तथा वजेटलाई हिजो अर्थात् शुक्रबार बसेको गाउँसभाले सर्वसम्मत पारित गरेको हो ।
रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा बसेको गाउँसभामा अध्यक्ष बुढाले “कृषि पर्यटन र पूर्वाधार, रुन्टीगढी समृद्धिको आधार” भन्ने मुल नारालाई अगाडि सार्र्दै नीति तथा कार्यक्रम नबौ सभामा असार १० गते प्रस्तुत गरेका थिए । कृषिमा पालिकालाई आत्मनिर्भर बनाउनका लागि कृषकलाई कृषि अनुदान, सस्तोमा ऋण, कृषिमा उत्पादन तथा बालीमा विमा, किसानलाई प्राविधिक सेवा, पालिकाभित्र भएका बाँझो जग्गालाई खनजोतगरी उत्पादन र उत्पादकत्वमा जोड्ने, पर्यटन क्षेत्रलाई संरक्षण, व्यवस्थापन र सम्बद्र्धन गर्ने, कला, सस्कार, संस्कृतिलाई संरक्षण , व्यवस्थापनसँगै प्रवद्र्धनका लागि मेला महोत्सवमा प्रस्तुत गर्ने, एक वडा एक उत्पादनमा जोड, शिक्षा, स्वास्थ्यमा, खानेपानी, सडकपूर्वाधार, विजुली, संचार, सामाजिक सुरक्षा भत्ता, वन संरक्षण तथा व्यवस्थापन, लगाएतका थुप्रै विकास तथा लक्षित वर्ग, आयआर्जनमूलक कार्यक्रमहरु नीतिमा समावेश भएका छन् ।
त्यसैगरी सभामा पालिकाका उपाध्यक्ष छमाया पुनले आर्थिक वर्ष २०७८÷०७९ का लागि ५७ करोड ९० लाख बजेट नबौ गाउँसभामा प्रस्तुत गरेकी थिइन् । जसमा विनियोजित बजेटको चालुतर्फ प्रशासनिक तथा चालु खर्चमा १२ करोड ५७ लाख २७ हजार ८ सय ५६ , सामाजिक सुरक्षा भत्तामा ६ करोड ७५ लाख लगायत गरी कुल ५७ करोड ९० लाख बराबरको कार्यक्रम सभाद्धारा सर्वसम्मत पारित गरेको हो । यसै गरी शुक्रवार एक कार्यक्रमका बीच रुन्टीगढी गाउँपालिकाको आफ्नै चिनारी, गीतलाई गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले बिमोचन गरेका छन् ।
कुहिरोको घुम्टो ओढी बस्छिन् रुन्टीगढी बोलको गाउँपालिकाको चिनारी गीतमा धुर्वप्रकाश मल्लको शव्द, डा। गोविन्द आचार्य तथा दिपदर्पणको शब्द संयोजन ,विवि अनुरागीको संगीत र प्रविण वेडुवाल र रचना रिमालको स्वर रहेको छ । यस गीतवाट रुन्टीगढी गाउँपालिकाको धार्मिक,पर्यटन र सांस्कृतिक पक्षको झल्को दिएको र यस गीतबाट पर्यटन प्रर्वधनमा टेवा पुग्ने बताइएको छ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।