डिभाइड शर्मा
कम्युनिस्ट चरीत्र र अनुसासन,कम्युनिस्ट पार्टीको बिचारधारात्मक र सङ्गठनात्मक सिद्धान्त आनि कम्युनिजम आदिला ठिकसङ्ग बुझ्नुपर्छ भनेर बुझ्नाको लागि अध्यन चिन्तन मनन छलफल बहस अन्तरक्रिया आदि गर्ने चिन्तन प्रयास र प्रबृत्ति नहुदा वा कम हुदा नै अहिले हाम्रो पार्टीमा बिचार र आचारसम्मत समस्याहरु देखिएका हुन। कुनै विषय लाई बुझ्नु पर्छ भन्ने चिन्तन नहुने र प्रयास पनि नगर्ने हो भने तेस्लाइ बुझ्ने विषयमा कसैको सहि दृस्ठिकोण पनि बन्न सक्दैन। जब सहि दृस्ठिकोण बन्दैन,तब कुनै पनि विषयलाई सहि रुपमा बुझिदैन अर्थात गलत बुझिन्छ,र जब गलत बुझिन्छ तब संवत्:गलत गरिन्छ गलत भैरहन्छ।यहि गलत गराइएको परिणाम नै बर्तमान हाम्रा पार्टी सङ्गठनात्मक समस्याहरु हुन।कम्युनिजम भनेको साम्यवादी-समतातवादी बिचार र आचरण हो।
सामुहिकता र पार्दर्सीता यस्को कार्यशैली पद्धति हो र शोसित उत्पीडित जनता र रास्ट्रको सेवा र मुक्तीको लागि लढ्ने आनि बिश्व न्याय,समानता र स्वतन्त्रता तथा समाजमा क्रान्ति र प्रगतीको लागि स्वच्छ, स्वेच्छिक र निर्भिक रुपले सेवा र संघर्स गर्नु एबम त्याग,तपस्या र बलिदान गरिरहनु मुख्य कर्तव्य हो भन्ने कुरालाइ नबुझेरै अहिले हाम्रो पार्टी र आन्दोलनमा केही गम्भीर समस्याहरु देखिएका छन ।तसर्थ स्कुलिङ चलाउने,ज्ञानको भोक जगाउने,सैद्धान्तिक प्रशिक्षण चलाउने,मालेमावादी अध्यनलेखन र चिन्तन मनन केन्द्रहरु खोली भेला गोस्टी बैठक गरि विभिन्न कार्यक्रमहरु बढाउने गरेर यसप्रकारका समस्याहरु छिटो हल गर्ना जरुरी देखिन्छ।
पार्टीलाई बिपरितहरुको एकत्त्वको रुपमा बुझ्ने,एक दुइमा बिभाजन हुने अर्थात् सब्बैमा सकारात्मक र नकारात्मक पक्ष भएझै पार्टी,नेता कार्यकर्ता र आन्दोलनका पनि राम्रा र नराम्रा पक्ष,उपलब्धि र कमजोरी आदि हुने कुरालाइ आत्मासात गर्ने,पार्टीभित्र दुई लाइनसङघर्स र अन्तरसङ्हर्सको रुपमा अन्तरबिरोध सर्बकालिन हुने र यसै अन्तरबिरोधले नै कुनैपनी बस्तु र पार्टीको बिकास हुनेजस्ता सार्बभौम सच्चाइहरुलाइ पनि बुझ्ने र चिन्तनपद्दती पनि आझै कमि देखिन्छ।
यस्का साथै कम्युनिस्ट पार्टी सामुहिक नेतृत्व र सिद्धान्तनिष्ठतामा चल्नुपर्ने,पार्टी नेता,कार्यकर्ताहरु आस्था,निष्ठा र नितिनैतिक्तामा प्रतिबद्ध हुनुपर्ने,सर्बहारा बर्गिय अनुसासन र क्रान्तिकारी बिचारधाराअनुसार अघि बढ्नुपर्ने अनि जुझारु रचनात्मक र स्वाभिमानी हुनुपर्नेजस्ता कुराहरूको पनि आत्मसातिकरणमा पनि निकै कमि देखिन्छ । यी तमाम कारणहरुले गर्दा पार्टी र आन्दोलनमा अहिले धेरै बिचलन अराजकता निरास्यपन जस्ता समस्याहरु पैदा भएका छन यिन्को समाधानको लागि आवश्यक नीति विधि र कार्यक्रमहरुको अबिलम्ब संचालन गरिनुपर्छ र यसप्रकारका चिन्तन र दृस्ठिकोणमा देखा परिरहेका र आझै बलियो सङ्ग देखा पर्नसक्ने समस्याहरुलाइ समयमै हल गरिनु पर्दछ।यस्को निम्ति पार्टी नेतृत्वहरु जिम्मेवार बनेर चिन्तन मनन गरेर अगाडि मैदानमा बढ्नु पर्दछ
दश बर्ष लामो जनयुद्धकालमा एकदमै कडा अनुसासन,गोपनियता,नीति-विधि एबम पद्दती-बिचार प्रक्रियामा चल्दाको कठिनाइअ बाट शान्तिप्रक्रियामा आएपछी एकातिर त्यो बिरासतको आन्दोलनलाई बुझ्ने र प्रयोगगर्ने सन्दर्भमा उतपन्न अराजकता र अनुसासनहिनजस्ता समस्याहरु पैदा भए भने अर्को तिर तिनिलाइ नियन्त्रण गर्ने नाममा नोकरशाही , तानाशाही ,निरंकुशे,बेक्तिवाद बन्ने जस्ता समस्याहरु पैदा भएको देखिन्छ ।र आजपनी तेहि समस्याको जरोले हामी भित्र समाधान नहुनु र ती आझ बढ्दै जानू पहिलो जिम्मेवार भएका पार्टी नेतृत्वमै ठोस कमजोरी देखिन्छ ।
जनवादी केन्द्रियतालाइ बुझ्ने र लागुगर्ने आनि पार्टीलाई ठिक ढङ्गले संचालन गर्नेमा देखिएका समस्याहरु जनवादी केन्द्रियतासम्बन्धि पार्टी सङ्गठन संचालनको सिद्धान्त र अनुसासनको ज्ञानको कमि वा ज्ञान भएर पनि ज्ञानको सहिसदुपयोग र सहि ढङ्गले लागू गर्ने गराउने दिशामा नेतृत्वको अरुची वा यहि परिस्थितिमा उदारताबाट जन्मिएको देखिन्छ।यसबाट जन्मने समस्याहरु खासगरी अराजकता अनुसासनहिनता बेक्तिवादि निरंकुशता जस्ता समस्याहरु हुन ।
जस्तो कि च्यान अफ कमान्डमा नरहने,निति एबम बिधीपद्दति र कार्यबिधीको लक्षमा नहिड्ने , कमिटी प्रणाली नअपनाउने, बेक्तिभावनामा बरालिने, जनतामाझ नजाने छलफल अन्तरक्रिया को माध्यमलाइ निरन्तरता नदिने जस्ता समस्या अहिले हाम्रो पार्टी जन-बर्गिय सङ्गठनहरु भित्र जड बनेर बसेका छन ।
तसर्थ यस्ता समस्याहरु हुना नदिन वा पैदा भैहाले नियन्त्रण गर्ना जनवादी केन्द्रीयता सम्बन्धि नियमहरु जस्तो कि बेक्ती/सङ्गठन/माथी देखि तल्ला कमिटीहरु/अल्पमत,बहुमतको, सम्पुर्ण पार्टी कमिटी /जन वर्गीय सङ्गठन हरु भेला र सम्मेलनको र सम्पुर्ण माहाधिबेसनको र अधिबेसनको रहनुपर्ने र बुझ्नुपर्ने र अब पनि टिके पर्थामै अल्झिने र महाधिबेसनको अधिबेसन जिल्ला जिल्लामा भेला सम्मेलन अबलम्बन गर्ना गराउन जरुर देखिन्छ।
संकीर्णतावादी निषेधवाद,एकमनवाद बेक्तिवाद गुठपर्था दक्षिणपन्थी बिसर्ज्न्नवाद सम्जौतावादी द्वन्द्ववादसङ्ग सम्बन्धित यस्ता तमाम प्रकारका समस्याहरु आज हाम्रो पार्टी जन सङ्ग्ठनहरु भित्र जटिल र गम्भीर रुपमै देखिएका छन ।पार्टीलाई बिसुद्दतावादी दृस्ठिकोणले हेर्ने सङकिर्ण सोचले निशेधवादलाइ प्रश्य निरन्तर दिइरहेको र कम्युनिजमकोण बाट पार्टी लाई काजोर बनाइरहेको छ।यश प्रकारका समस्यहरुलाइ समाधानर्थ शृजनशिल र क्रान्तिकारी द्वन्द्वावादबारे शिक्षा दिने र लिने बुझ्ने र ब्याभारमा लागू गर्ना स्कुलिङ र प्रशिक्षणात्मक कार्यक्रम गर्ना गराउन जरुर छ ।
बिधिबिधान,पद्धतिप्रक्रिया,निति-निर्णय, नियम निर्देशिका र मुल्य-मान्यताको शिक्षा र अबलम्बनका समस्याहरु छन ।कुनै पनि सङ्गठनका आफ्ना स्थापित र सर्बमान्य मान्यताहरु हुन्छन ।त्यसमा पनि कम्युनिस्ट पार्टीका त झन कडा मूल्य मान्यताहरु रहेका छन तिन्को आवश्यक ज्ञान नहुनु,ज्ञान गर्ने प्रयत्ना पनि नगर्ने नगराउने र भएअ गरेकोअ ज्ञान शिपलाइ ब्याभारमा लागू नगर्नुले कम्युनिस्ट पार्टी र कार्यकर्ताहरुको मुल्यमान्यता बिहिन पार्टी र नेता कार्यकर्ताहरुको परिचित हुने खतरा देखिएको छ ।
आज हाम्रो पार्टीमा सङ्गठनहरुमा एउटा सदस्यले पूरा गर्ने न्युनतम सर्तहरु जस्ता कि सङ्गठन/कमिटीको अनुसासन नीति निर्णय मान्ने मासिक लेबि उठाउने कार्यकर्ता उत्पादनको पहुछ राख्ने आन्दोलनको रक्षा गर्ने गराउने मासिक बार्शिक बैठक छलफल नहुनु जस्ता तमाम समस्या हरु देखिएका छन ।यसलाइ अबिलम्ब नियन्त्रण गर्न सर्बप्रथम विधि बिधान र मुल्यमान्यताको बोध गराउने र रुपान्तरण गर्ने अथवा लागू नगरे वा रुपान्तर नभए अनुसासनको कार्वाही गर्नेतिर पाइला चालेर पार्टी सङगठनलाइ अनुसासित, पार्दर्शी , बेबस्थित र जिम्मेवार बनाउन सब्बै पार्टी कमिटेड नेतृत्व पंक्ति जुट्ना जरुर देखिन्छ।
आफ्नो कमिटीमा आफ्नो भिन्न मतनराख्ने समस्या ।बैठकमा सहमती गर्ने अनि नोट अफ डिसेन्ट पनि नराख्ने नलेख्ने तर तलतल र बहिर सम्म पनि भिन्न मत छ भन्दै गुटबन्दी गर्ने अहिले एउटा अर्को समस्या पनि गम्भीर समस्याको रुपमा रहेको छ।यसलाइ भिन्न मत राख्न प्रोत्साहन गर्ने,तेसमा राम्रो छलफल गर्ने र विधि बिधान र निर्वाचन (बहुमत-अल्पमत प्रक्रिया )बाट टुङग्याएर हल गर्नुपर्दछ।
ब्यबस्थापकिय ज्ञान र जिम्मेवारी बहनको समस्या कुन काम कसरी गर्ने र राम्रोभन्दा राम्रो परिणाम निकाल्ने भन्ने केही समान्य र बिशिस्ट सिद्धान्तहरु हुन्छन,तिनिको सैद्धान्तिक ज्ञानको अभाव हाम्रो पार्टी जनबर्गिय सङ्गठन भित्र भित्र हुनु हदसम्म स्वभाबिकै भएकाले त्यसको परिणामस्वरुप कतिपय समस्याहरु उत्पन्न हुने गरेका छन ।त्यसैगरी प्राप्त केही अनुभव जन्य ज्ञान पनि जिम्मेवारीबोध र समस्याले गर्दा ब्याभारमा लागू हुन गर्ना सकेको पाइदैन ।
फेरि ब्यबस्थापनको काम केही बढी जटिल,कठिन,र गम्भीर र संबेदनसिल पनि हुने हुदा यसतर्फ नलाग्ने वा लागेपनी दत्तचित्त भएर नलाग्ने वा दत्तचित्त भएरै लागेपनी समस्याको पुर्ण समाधान नहुने हुनाले समस्याहरु जिवितनै रहेका छन ।खासगरी एउटा सर्बहारा बर्गिय शोसित-पिडित र गरिब दुखिहरुको पार्टीमा एकातिर अर्थको अभाब हुने र प्राय ब्यबस्थापनका समस्याहरु अर्थसङ्ग सम्बन्धित हुने हुनाले पनि ती जटिल र गम्भीर बनेको छ ।
त्यसमा पनि जो भएको बजेट(अर्थ)को नि निश्चित नीति- बिधिमा रहेर सुसुचित र पार्दर्शी गरेर लेबि उठाउको बिकास गर्ने गराउने र नियमित आम्दानीको खर्चको पनि नियमित अडिट गर्ने परम्परा र सस्कार-सस्कृतको बिकास गर्ने र समान्यत पुराना कम्युनिस्ट आन्दोलनका घाइते, अपाङ्ग, बेपत्ता,सहिद, परिवारको बल्झिरहेको घाउमा मलमपट्टि लगाउने जस्ता कार्यको नहुनुको समस्या पनि गम्भीर ताका साथ देखियको छ।
तसर्थ यस्ता तमाम समस्या लाई हल नगरी कुनै पनि कम्युनिस्ट पार्टी को अस्तित्व नरहने र अबसान हुने खतरा बढेको छ यस्लाइ गम्भीरताका साथ केन्द्र देखि जिल्ला जिल्ला गाउँ गाउँ टोलटोलमा अब समिक्षा गरेर नेतृत्व पंक्ति हरु लाग्नु पर्ने छ र आन्दोलन पार्टी मुक्ती लढालाइ निरन्तरता दिएर समजावादको बाट खोज्ना लाग्नु पर्ने छ जुट्नु पर्ने भएको छ।अन्तत सब्बै कम्युनिस्ट नेतृत्वहरुले सोच्नेबेला भएको छ जिम्मेवार बन्नु पर्ने एकपटकलाइ हुदैन जनता सोकन भोकमा परिरहेका छन। गम्भीर भएर एकपटक पार्टी पंक्तिले यो समस्या लाई निराकरण गर्ना र समाजवादमा पुग्ने बाटो तय गर्ना तयारिमा हुना हामी युवा विद्यार्थीको अनुरोध गर्दछौ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।